माधव समूहको प्रस्ताव अध्यक्ष ओलीद्वारा अस्वीकार,स्थायी कमिटी बैठक जारी



काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले आग्रह गरेअनुसार स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् ।

कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेको बैठक कक्षबाट बाहिरिएपछि रावलले जानकारी दिए ।सो समूह बाहिरिए पनि एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा जारी छ।

रावलले १० बुँदे सहमति कार्यान्वयनको लागि अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी गर्न आग्रह गरे पनि अध्यक्ष सहमत नभएको रावलले बताए । घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेसहित रावल बैठकस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्