जनता फाउण्डेशन नेपालद्वारा सिन्धुपाल्चोकका बाढी प्रभावित ८० घरलाई राहत बितरण



चौतारा।जनता फाउण्डेशन नेपाल (Public Foundation Nepal) ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु गाउँपालिका का विभिन्न स्थानमा रहेका ८० घर भन्दा बढी मेलम्ची बाढीपिडितहरुलाई राहत वितरण गरेको छ।

मेलम्ची बाढीपिडितहरुलाई जनता फाउण्डेशन नेपालले पिडितकै गाउँघरमा गएर राहत वितरण गरेको हो । जनता फाउण्डेशन नेपालका अध्यक्ष लक्ष्मणमिसन कार्की नेतृत्वको २० जना स्वयँमसेवक र ५ जना सवारी चालकसहित २५ जनाको टोली राहत वितरण गर्न काठमाण्डौं बाट सिन्धुपाल्चोक आएका हुन। सिन्धुपाल्चोक लगिएको राहत सामग्री ७ लाख भन्दा बढिको रहेको छ जसमा चामल,दाल,नुन,तेल,मस्यौरा,लुगा धुने साबुन, नुहाउने साबुन,बिस्कुट, वाईवाई लगाएत विभिन्न खाद्य सामग्री र ओड्ने ओछ्याउने,टिसर्ट,ज्याकेट,ट्राउजर स्वीटर,जुत्ता,बच्चाको कपडा महिलाको कपडा लगाएत विभिन्न लत्ताकपडा,प्याड,माक्स,टर्चलाइट लगाएत राहत सामग्रीहरु का साथै ६ जना मृतकका परिवारलाई नगद समेत वितरण गरिएको हो।

आफूले सोचेभन्दा बढी र गुणस्तरयुक्त राहत पाएपछि स्थानीयवासीहरुले संस्था,सहयोगी डोनर र स्वयमसेवकहरुप्रति खुलेरै आभार प्रकट गरेका थिए।
हेलम्बु गाउपालिकाको चनौटे,हल्दे,गोदम,तिम्बु,ओडारे,थापाटार लगाएत मेलम्चीको विभिन्न स्थानहरुमा राहत वितरण गरिएको थियो। यो भन्दा अगाडी राहत नपाएका र अति नै समस्यामा परेका विस्थापित परिवारहरुलाई जनता फाउण्डेशनले खोजीखोजी राहत दिइएको हो।

राहत साच्चिकै पीडित र दुखीहरुको हातमा पुग्न सकुन भनेर स्वयम-सेवक सहितको टोली लिएर आफूहरु सिन्धुपाल्चोक आएको अध्यक्ष कार्कीको भनाई थियो ।
आफूहरु बाढीपिडितहरुलाई राहत तथा उद्धार कार्यको लागि एउटा स्वयमसेवकको रुपमा रहेर काम गर्न पाउदा साह्रै खुसी भएको संस्थाका सचिब चन्द्र राईले बताउनुभयो। यो अभियानका आर्थिक संयोजक पेम्बा छिरिङ शेर्पा र कोष अध्यक्ष सन्तोश तामाङ ले देश तथा विदेश बाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिदै उहाहरुले गर्नुभएको सहयोग वास्तविक पिडितको हातमा पुगेको वताउनुभयो।

यो संकटको अवस्थामा जनता फाउण्डेशन नेपालले प्रशंसा गर्न योग्य काम गरेर पिडितहरुको मन जितेको बताउदै सवारी चालक, स्थानीय चनौटे युवा क्लब का सदस्य नरेश थापा र स्वयमसेवक मित्रहरु सबै धन्यवादको पात्र रहेको संथाका अध्यक्ष कार्कीले वताउनुभयो। फाउण्डेशन ले स्थानीय चनौटे युवा क्लब सॅंग समन्वय गरेर आफ्नै प्रतिनिधिको हातबाट राहत वितरण गरेको हो।

राहत बितरण सकिएपछि संथाका अध्यक्ष लक्ष्मण मिसन ले देश-विदेशबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी र समर्थकहरुलाई हृदय देखि नै धन्यवाद दिदै तपाईहरुले दिनुभएको सहयोग सम्बन्धित पिडितको हातमा पुगेको र आगामी दिनमा अझ समाजसेवाको बाटोमा लाग्ने प्रेरणा तथा हौसला दिनुहुन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्