परराष्ट्रमन्त्री शिशिर खनालसँग पाकिस्तानी राजदूत खानको भेट
काठमाडौं,३१ असोज । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले आज नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।
भेटमा पाकिस्तानी राजदूत खानले आफ्नो कार्यकालमा नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजदूत खानले नेपाल र पाकिस्तानबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।


