उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा, जोर बिजोर गरेर निजी सवारी साधन चलाउन पाईने



काठमाडौ। काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ।

असार १४ गतेसम्म निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए।

थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजि सवारी साधानहरु समेत खुल्ने भएका छन्। जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सिको हकमा तीन जनाभन्दाबढी बोक्न नपाइने भएको छ।

‘निजि सवारी साधानहरुलाई पनि खुल्ला गराइएको छ। त्यसमा सिट सङख्या तोकिएको छ,’ सिडिओ निरौलाले भने।

त्यस्तै सुनचाँदी, भाडाकुडाका पसलहरु समेत खोल्न दिएको छ। सरकारी कार्यालयहरु पनि आलोपालोमा खोल्न दिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्