अक्सिजन सहज रूपमा उपलब्ध गराउन उद्योग मन्त्रालयद्वारा समिति गठन



काठमाडौं।अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको ज्यान जोखिममा पर्ने क्रम बढ्दै गएपछि अक्सिजन सिलिण्डर सहज रूपमा उपलब्ध गराउन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा ‘टाक्स फोर्स’ गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।
पाण्डेका अनुसार समितिले अक्सिजन सिलिण्डरको उपलब्धता, विवरणलगायतका काममा सहजीकरण गर्नेछ।

समितिमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी अस्पतालका प्रतिनिधि समेत गरी ६ जना रहेको पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्