प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति गठन



अस्ट्रेलिया।प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको बृहत कार्यकर्ता भेला । ब्रिस्बेनको New farm Park मा हालै सम्पन्न भएको छ।

मञ्चका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सल्लाहकार समितिका प्रमुख सल्लाहकार डा. जगदिश तिम्सिना प्रमुख अतिथी र राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको बिशेष अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो। तत्यसैगरी अतिथिहरु मञ्चका न्युसाउथवेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशी, राष्ट्रिय सल्लाहकार समितिका सल्लाहकार डा. हेमाङ्ग शर्मा र क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिनबहादुर नेपाली हुनुहुन्थ्यो।

भेलाले रमेश पाण्डे (QLD)को संयोजकत्वमा ४१ सदस्य प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति सहित ११ सदस्य सल्लाहकार समिति निर्माण गरेको छ। कमिटीका पधादिकारी तथा सदस्यहरुलाई संयोजक रमेश पाण्डेले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।समितिको सह-संयोजकमा अरुण तिवारी,सचिवमा बिमल न्यौपाने,सह-सचिवमा सजिन श्रेष्ठ,
सह-सचिबमा बिकाशमान सिं भण्डारी,कोषाध्यक्षमा निशा दुलाल रहनुभएको छ भने सदस्यहरुमा राजेश गिरी,अनिल ढकाल, निरन्जन बुढाथोकी, राम सुवेदी,सिताराम पाण्डे,प्रकाश सुबेदी,स्वती गुरुङ,बिवेक गिरी, सरोज श्रेष्ठ,
अर्जुन भट्टराई ,भगवान भण्डारी,सुरेश बोगटी,सुदर्शन रायमाझि र मनिश मली रहेका छन।

यसैगरी अस्मिता क्षेत्री, बिशाल केसी,ध्रुव लम्साल,अभिसेक भण्डारी
सुप्रिम अधिकारी,सुमित राना,बिबेक श्रेष्ठ,सुरेन्द्र पन्थ,सुबिन श्रेष्ठ,अनोज लामिछाने,बिवस गिरी,प्रविन कार्की,अर्पन अधिकारी,बिमल श्रेष्ठ
र अर्जुन केसी पनि सो समितिको सदस्य रहेको मन्चले जनाएको छ।

सो समितिका सल्लाहकारहरुमा चिनबहादुर नेपाली,असिम कोइराला
राम आचार्य,पशुपति भट्टराई,नरबहादुर श्रेष्ठ,मेघ सुबेदी,
तपी थापा,सुनिल पराजुली,चन्दन घिमिरे र डा. प्रविन पौडेल रहनुभएको छ।

कार्यक्रममा प्रमुख अतिथि डा. जगदिश तिम्सिनाले नेपालमा अहिले उपलब्ध नेताहरुमध्यमा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्रिको लागी अब्बल रहेको र प्रवासमा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहनु पर्ने कुरामा जोड दिनुभयो।

बिशेष अतिथी राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेले प्रधानमन्त्रीको सम्बृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियानमा प्रबासी नेपालीहरुको साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै आफुहरु सधैं नेपालको बिकास र प्रगती देख्न चाहने हुँदा त्यो केपी ओलिबाट मात्र सम्भब रहेको धारणा राख्नुभयो । नयाँ कमिटीलाई सफलताको शुभकामना दिंदै अध्यक्ष पाण्डेले सम्पूर्ण सदस्यहरुलाई सामाजिक कार्यमा संलग्न हुन आग्रह गर्नुभएको थियो ।

अतिथि मञ्चका न्युसाउथवेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशीले नेपाललाई अग्रतिमा दौडाउन केपी ओलिबाट मात्र सम्भव रहेको बताउनुभयो । जोशीले बिदेशीको इसारामा नाच्ने अस्थिरताका संबाहकहरु प्रचण्ड र माकुनेबाट चालिएका हरेक कदमलाई परास्त गर्न हामी प्रवासी नेपालीहरुले देशभक्त नेता प्रधानमन्त्री केपी ओलीलाई साथदिनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

त्यसैगरी अतिथी राष्ट्रिय सल्लाहकार समितिका सल्लाहकार डा. हेमाङ्ग शर्माले आफु कानुनको बिध्यार्थी भएकोले हालै सर्बोच्च अदालतको निर्णय पछि देश गम्भीर कानुनी र राजनीतिक झमेलामा फस्न सक्ने आशंका व्यक्त गर्नुभयो ।

अर्का अतिथी क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिनबहादुर नेपालीले स्वागत मन्तब्य राख्दै क्वीन्सल्याण्ड राज्यमा मञ्च बिभिन्न सामुदायिक संघ संस्था सित हातेमालो गर्दै अघि बढ्ने कुरामा बिश्वास दिलाउनु भएको थियो ।

कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका केन्द्रीय सचिवालय सदस्य अशिम कोईरालाले गर्नुभएको थियो भने कार्यक्रम संचालन मञ्चका नवनियुक्त सचिव बिमल न्यौपानेले गर्नुभएको थियो । नव नियुक्त प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया कुईन्सल्याण्ड राज्य समितिका संयोजक पाण्डे (QLD)ले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्