जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा थुलुङ दुधकोशीका निमित्त प्रमुख प्रशासकीय अधिकृत राई प्रथम
सोलुखुम्बु। सोलुखुम्बु जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा थुलुङ दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई प्रथम भएका छन्।
माप्यदुधकोशी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवलाई पछि पार्दै राई प्रथम बन्न सफल भएका हुन।वडा दसैँ तथा शुभदिपावलीको पावन अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बु र जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा यादव द्वितीय र जिल्ला समन्वय समिति सोलुखुम्बुका निमित्त समन्वय अधिकारी लवुन राई र जन जागृती मावि सल्लेरीका शिक्षक बासुदेव राईले तृतीय स्थान प्राप्त गरेका थिए।
१४ जना प्रतियोगीमध्ये प्रथम,द्वितीय र तृतीय स्थान ओगट्न सफल क्रमशः राई,यादव र राईद्वयलाई जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले नगद २० हजार, १५ हजार र १०/१० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य मानविर राईले बुधबार गरेका थिए ।