मर्जरपछी कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु



काठमाडौं।दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले गाभिएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन्।

कुमारीमा एनसीसी बैंक गाभिएसँगै कारोबार कुमारी बैंककै नामबाट सुरू भएको हो । मर्जरपछि बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रूपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब २ अर्ब र कर्जा लगानी २ खर्ब ८० अर्ब रूपैयाँ छ ।

३०६ वटा शाखा सञ्जाल, ४७ एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैकिङ र ३४५ वटा एटीएम पुगेको छ । अहिले कुमारी बैंकको कार्यालय टंगालमै बैंकको प्रधान कार्यालय राखिएको छ।दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसीका रमेशराज अर्याल भएका छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्