राष्ट्र बैंकले दियो नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई अन्तिम स्वीकृति



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो ।

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने छ । पुस २७ देखि एकीकृत कारोबार सुरू गर्ने तयारी बैंकको छ । आजदेखि कुमारी र एनसीसी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्