आईएमईले आईपिओ जारी गर्ने



काठमाडौं।काठमाडौंको लाजिम्पाटस्थित होटल हिमालयमा सम्पन्न भएको आइएमईको २२औं साधारण सभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।

शुक्रबार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै वाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे।अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आइपिओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको पनि बताए।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सह संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।

अब कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले शीघ्र आइपिओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।

यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त भएपछि यो प्रकृया अगाडी बढ्ने समेत पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्