सन्दर्भ बुवाको मुख हेर्ने दिन-‘छोराछोरीको नजरमा बुबा’



प्रकाश भट्टराई खत्री

हामीले भैतिक जगतमा जति जे गर्ने सक्ने तागत राख्यौं त्यसको सर्बश्रेय परिवारको खम्बा बुवालाई जान्छ । जति पनि सन्तान र सन्ततीहरु यो भौतिक जगतमा रहेका छन तिनिहरुको नजरमा आफना बुबाप्रतिको दृष्टिकोण कस्तो हुन्छ र रहनुपर्दछ भन्ने कुराको चर्चा गर्नु गर्नु सान्दर्भिक हुनेछ।

बुवा आधार अनि आधारशिला, बुबा गुरु अनि गुरुत्व,उत्साह अनि उत्प्रेरण ,बुुबा नेतृत्व अनि नैतिकता,बुबा विशाल बिचार अनि विशिष्टता,सबैको भलाई अनि भविष्य,भातृत्व अनि सद्भाव,विश्वासपात्र अनि प्रेरणाको स्रोत्र बनिरहने बुबा सधै छोराछोरीको नजरमा हुन्छन् ।

बुवा हामि सबैका ईतिहास र ईश्वर पनि हुन भन्न सक्नु पर्छ, बुवा परिवारमा उत्साह दिने,सबैको कल्याण गर्ने,सहि पदमार्ग देखाउँने,सबैको नेतृत्व गर्ने,सबैप्रति चिन्तन र चिन्तित हुन सक्ने सामर्थ्य राख्ने बुबा जो संधै छोराछोरीको मानस्पटलमा संधै रहने गर्छन्।

मार्गदर्शक,मार्गनिर्देशकमा अहम भुमिका खेल्ने,सिकाई,सिप र सिर्जनामा सधै अब्बल लाग्ने,सहनशिलता,कुटनितिज्ञता,लगनशिलता,सत्यकार्य,सत्ज्ञानले भरिपुर्ण भएको देखिरहन्छन

बुवाको नजरमा सन्तान र सन्तति

सन्तान र सन्ततिप्रति संधै उक्तरदायी र जवाफदेही बुवालाई झस्काईरहने तिनै सोच र बिचारहरुमा आफना सन्तति हुनुपर्छ। आफ्ना सन्तानहरु जहिल्यै आत्मनिर्भर,आदर्श,उद्यमी ,कर्तव्यनिष्ठ,लगनशील,कर्मशील,उत्पादनशील,शिर्जनशील भएको देख्न चाहन्छन्।

बुवा ज्ञानी,क्षमतावान,हैसियत राख्न सक्ने,शिक्षित,शिष्टता,शिष्टाचार,सामाजिक,साहसिलो,विद्धान भएको देख्न चाहन्छन।

कार्यकुशलता,विचारवाण,दार्शनिक,अनुशासित,आलोचक,कर्मठ,नैतिकवान,परिवर्तकारी,सच्चा इमान्दार,सत्यता स्वीकार गर्ने सक्ने भएको देख्न चाहन्छन् बुवा । अन्ततः जन्माउने,संस्कार दिने,विद्या दिने,अन्न दिने,भयबाट जोगाउने पितामाता हुन । हामीले सदा मातापिता र गुरुको सेवा गर्नु नै मनुष्यको उक्तम तपस्या हो ।

प्रतिक्रिया दिनुहोस्