रन्जना पराजुली लम्सालको ‘आर्तनाद’उपन्यासको लोकार्पण



काठमाडौं। उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास “आर्तनाद”को लोकार्पण गरिएको छ।

साहित्यिक पत्रकार संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा शनिबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले सो कृतिको लोकार्पण गरे।

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकार्पित कृति “आर्तनाद”बारे उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती र समालोचक लीला लुइटेलले आआफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा साहित्यकारहरु बाबुराम पौडेल, डा. दामोदर पुडासैनी, ललीता दोषी, उपन्यासकार रन्जना पराजुली लम्साल, प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त र अध्यक्ष लेकाली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन साहित्यकार राजबाबु श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्