रसुवा बाढी : हालसम्म एक हजार ३४२ जनाको शव फेला
काठमाडौँ,२१ भदौ । बाढीका कारण आइतबार साँझ ६ बजेसम्म एक हजार ३४२ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीमा परी चार हजार ९९६ व्यक्ति सम्पर्कविहीन हुनुहुन्छ । हालसम्म सनाखत भई बुझिलिएका शवको संख्या ९८ पुगेको छ । हालसम्म १३ हजार ३९१ व्यक्तिको उद्धार गरिएको छ । उपचार गरिएका घाइतेको संख्या ६ हजार ८३ पुगेको छ । रसुवा, नुवाकोट र धादिङ्गका ३७ वटा होल्डिङ्ग सेन्टरमा कुल तीन हजार ९१२ जना रहनुभएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कुल २१,४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल टेलिकमका १२० मध्ये ११७ टावर सञ्चालमा आएका छन् । एनसेलका ७८ मध्ये ७६ टावर सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । मनोसामाजिक परामर्शका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय मार्फत १५० जना जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

