सिटीवानको पाँचौ तीज मेला बाढीपीडितमा समर्पित, मुख्य प्रायोजक पशुपति पेन्ट्स
काठमाडौं,२१ भदौ । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता रसुवाको भोटेकोशीका पीडितलाई समर्पण गर्ने भएको छ ।

पुर्व निर्धारित कार्यक्रमको सवै तयारी पुरा भएपछि वाढी आएकाले सो प्रतियोगिता उनै वाढीपीडितको सहयोगार्थ गर्ने गरी परिमार्जन गरिएको हो । “तीजको वेला सिटीवानको सास्कृतिक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको छ । तर पनि पछिल्लो घटनाक्रमका कारण प्रतियोगितावाट हुने आम्दानी प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने गरी सम्पन्न गर्न लागेको टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिईन् ।
कार्यक्रमको मुख्य प्रायोजकमा पशुपती पेन्ट्स रहेको पनि प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिईन् । यसैगरी प्रायोजकमा गृहलक्ष्मी ग्यास उद्योग, नेपाल मणिपाल शिक्षण अस्पताल, कर्माचार्य ग्रूप, सुजल फुड्स, चरक मेमोरियल अस्पताल, युनाईटे रेफ्रेन्स ल्याव्रोटरी युआरएल, मुक्तिनाथ विकास वैक लगाएतका रहेको प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिईन् ।
कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेका अनुसार करिव २७ समुहको सहभागिता रहने प्रतियोगितामा वाढीपीडतका लागि महिलाको भूमिका, उद्धार तथा राहत, समाज परिवर्तमा महिलाको भूमिका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, विमा तथा बैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुब्र्यसनी, खानेपानी तथा उर्जा, वैक तथा वित्तिय सचेतना, स्वास्थ्य सचेतना जस्ता वर्तमान र उहिलेका सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिएको पनि संयोजक पाण्डेको भनाई छ ।
मेलाको पहिलो,दोस्रो,तेस्रो र चौथो सस्करणको अपार सफलता पछि यही भाद्र २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने छ । मेला कार्यक्रम विहान ९ः०० वजे देखी संचालन हुने कार्यक्रम संयोजक पाण्डेले जानकारी दिईन् ।
प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र पछिल्लो घटनाक्रमाई मन्यता दिदैं, वर्तमान परिवेशलाई मान्यता दिदै तीजलाई तीज जसरी नै मनाउनका लागि मेला आयोजना गरिएको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई छ ।
भदौको २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार, उत्कृष्ट शव्द ५ हजार रहेको छ ।
नि:शुल्क समुह दर्ता गरि आफ्नो संस्कृती प्रस्तुत गर्न अनुरोध गर्दै टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतीले कार्यक्रमको सम्पुर्ण तयारी सकिएपछि नेपालीहरमा अकल्पनीय क्षेती पुगेकोले यो कार्यक्रम उनै पीडितहरुमा समर्पण गरिने लक्ष्यका साथ निरन्तरता दिएको जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न १६ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान रहेको छ तर पछिल्लो अवस्थाले खर्च कटौती गर्ने लक्ष्य पनि आयोजकको रहेको छ ।
अघिल्ला संस्करण भन्दा यस वर्ष स्कुल स्तरमा तीज संस्कृतिको वारेमा जानकारी दिन विशेष गरि स्कुले विद्यार्थीका समुहलाई पनि समावेश गर्ने योजना अनुसार काम भईरहेको टेलिभिजनका सचिव शुरेस श्रेष्ठले जानकारी दिए । मेलामा वाढी तथा अन्य प्राकृतकि प्रकोप सम्वन्धी जनचेतना मुलक, महिला उद्यमीले उत्पादन गरेका र नेपाली उत्पादनहरुका करिव २५ भन्दा वढी स्टलहरु रहने पनि सचिव श्रेष्ठको भनाई छ ।

