खल्तीसंगको सहकार्यमा यतिले ल्यायो नयाँ अफर



काठमाडौं । हवाई सेवा कम्पनी यती एअरलाइन्सले खल्तीसँगको सहकार्यमा ४५० को क्यासब्याक तुरुन्तै पाइने ुयति धेरै क्यासब्याकु योजना ल्याएको छ ।

फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरूलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि ुयति धेरै क्यासब्याकु अफर ल्याएको एअरलाइन्सले जनाएको छ ।

यस अफर अन्तर्गत, फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकी रहेको ३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी ११ देखि लागुभई फेब्रुअरी १६ सम्म हुने जनाइएको छ ।

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीसँगको सहकार्यमा यात्रुलाई प्रत्यक्ष सुविधा हुने गरी यो योजना ल्याइएको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्