कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्दै गोम्बु शेर्पा ‘कर्ज्याङ’



काठमाडौं,१ भदौ । सोलुखुम्बुको प्रदेश ‘क’ बाट कोशी प्रदेश सभा सदस्यमा निर्बाचित गोम्बु शेर्पा (कर्ज्याङ)कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त हुने भएका छन् ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपासमेत सहभागी हुने भएपछि नेकपाले शेर्पासहित चार सांसदलाई मन्त्रीका रूपमा प्रदेश सरकारमा सहभागी गराउने टुंगो लगाएको हो। नयाँ मन्त्रीहरूको टोलीको नेतृत्व भने इलामकी खिनु लङ्वा लिम्बूले गर्ने भएकी छन् । उनलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै,मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री र मोरङकै गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिने टुंगो भएको नेकपा कोशीका इन्चार्ज समेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले बताए ।यसैगरी, सुनसरीकी सपना दर्जीलाई राज्यमन्त्री बनाइने भएको छ । यद्यपि, उनलाई कुन मन्त्रालयको राज्यमन्त्री बनाउने भन्ने विषयमा भने अझै टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

मन्त्रीहरूको शपथ आजै अपराह्न ४ बजे आयोजना गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस्