टेलिकमले ल्यायो सजिलो अनलिमिटेड प्याक



काठमाडौं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ । कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो ।

यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र ९नेपाल टेलिकमका कुनै पनि जीएसएम, ल्यान्डलाइन र सीडीएमए नम्बर० अनलिमिटेड कल गर्न सकिनेछ । त्यस्तै कम्पनीको नेटवर्कभित्र ४०० एसएमएस समेत पठाउन सकिनेछ ।

अन्य नेटवर्कमा १०० मिनेट कल र २०० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । डायल गरेर तथा नेपाल टेलिकमको एप प्रयोग गरेर यो प्याकेज खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्