कोभिशिल्डको दोश्रो मात्रा ‘एस्ट्राजेनेका’ भोलिदेखिं लगाईदैं



काठमाडौँ । कोरोना भाइरसविरुद्धको ‘एस्ट्राजेनेका’ खाेप साेमबारबाट लगाइँदै छ । यसअघि एस्ट्राजेनेकाले नै विकास गरेकाे तथा भारतमा उत्पादित ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले दाेस्राे मात्राकाे रूपमा उक्त एस्ट्राजेनेका खाेप लगाइने छ ।

सरकारले हालै भूटान तथा जापानद्वारा प्रदान गरिएकाे एस्ट्राजेनेका खाेप भाेलि साेमबारबाट काठमाडाैँसहित देशैभरि लगाउन लागेकाे हाे । याे खोप लगाउनका लागि काठमाडौंमा मात्रै यसअघि भेराेसेल खाेप लगाउन तय गरिएका र थप गरिएका गरी कुल १४४ खाेप केन्द्र तोकिएको छ । जिल्लाभरका सबै नगरपालिका तथा महानगरपालिकाका सबै वडा कार्यालय र विशेषा ताेकिएका स्वास्थ्य संस्थामा उक्त खाेप लगाउन सकिनेछ । याे खाेप विशेषगरी ५५ वर्षमाथिकालाइ र अन्य लक्षित समूहलाइ लगाइनेछ ।

स्वास्थ्य कार्यालय काठमाडाैँले एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण दर्ता भएकाहरुलाई मात्र खोप प्रदान गर्न भनेकाे छ । अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरू नै जिम्मेवार हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्