अविरल बर्षाले मनाङका एक हजार मानिस बिस्थापित



काठमाडौं। लगातार परेको वर्षाका कारण हिमालपारिको जिल्ला मनाङमा एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
मनाङको उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा मौसम बदली भएर अलपत्र परेका ५६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएका उनीहरु मौसम बदली भएर हिउँ पर्दा बिचल्लीमा परेका थिए ।

असार ४ गते नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न जाँदा अलपत्र परेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्