ल्होछार सम्बन्धी प्रारम्भिक समुदायमा पुर्‍याउन आवश्यक: अरुण घिसिङ



० हिजोआज ल्होछारको माहौल छ, यहाँको बिचारमा ल्होछार के हो र?

–प्रत्येक वर्ष झैं यसपटक पनि ल्होछारको माहौल हुनु स्वाभाविक नै हो । आम तामाङ सामुदाय मात्र नभई केही वर्ष यता देखि गैरतामाङहरुमा समेत ल्होछारको प्रभाव परेको प्रष्ट देख्न सकिन्छ । अझ यो वर्ष कोभिड–१९ ले विश्व नै आक्रान्त भएको कारण सदाको वर्षको तुलनामा ल्होछारको माहौलमा समेत प्रभाव पारेकोछ । ल्होछार के हो रु भने दसौं शताब्दी देखि नै तिब्बतमा ल्होछारको शुरूवात भएको हामीले पाउँछौ । कोङ्पो प्रान्तमा कोङ्पो ल्होछारको नामले मनाउने चलन रहेको पाइन्छ । त्यस्तै अन्नवाली पाक्ने बेला तोला ल्होछार मनाउने चलन रहेको पाइन्छ । त्यस्तै अन्नवाली भित्र्याई सकेपछि सोनाम ल्होछार मनाउने गरेको पाइन्छ । त्यसैगरी ग्याल्पो÷ग्याल्वा ल्होछार मनाउने चलन रहेको पाउछौ । नेपालको सन्दर्भमा भन्ने हो भने तीन वटा ल्होछार मनाउदै आएको हामिले देख्छौ । गुरुङ समुदायले तमुल्होछार प्रत्येक वर्षको पौष १५ गते मनाउने चलनछ । तामाङ समुदायले माघ शुक्लपक्ष प्रतिपदाको दिन सोनाम ल्होछार मनाउने चलन रहेकोछ भने शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउने चलनछ । तीनै समुदायले ल्होछार मनाउदै आएतापनि ल्होछार नयाँ वर्ष ९ल्हो फेर्ने मात्र० होकि सास्कृतिक पर्व भन्ने विषयमा दुबिधा रहेको पाईन्छ । दुबिधा कै कारणले जसरी प्रभावकारी हुनु पर्ने थियो त्यो हुन सकेको छैन । ल्होछर मनाउनु पर्ने बाध्यात्मक स्थिति पनि बनेको छैन भने अर्कोतिर ल्होछार अङ्ग्रेजी नयाँ वर्ष ९ई।स।० नेपाली नयाँ वर्ष ९वि।स।० जस्तै भएको हुँदा ल्होछारको ९ल्हो० फेर्ने मात्र हो भन्ने लाग्छ ।

० २०४६ सालकोे जनआन्दोलनले ल्याएको परिवर्तन पछि मात्रै नेपाली समाजमा ल्होछारको चहलपहल र बहस हुन थाल्यो ४६ को परिवर्तन पूर्व के ल्होछार दमित भएर बसेको थियो या कुन अवस्थामा थियोे र?

–४६ साल पुर्व नेपाली जनताले विभिन्न कालखण्डमा कयौं उत्पीडन खेप्दै आएको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ । त्यो कालखण्डमा सबै भन्दा बढी उत्पीडन जंगबहादुर राणाको मुलुकी ऐनमा ब्याख्या गरेको जातिहरु नै पर्छन् । त्यो उत्पीडनमा ल्होछार मान्ने समुदाय पनि अछुतो रहेन । एकात्मक हिन्दु अतिवादी राज्य ब्यवस्था भएको हुँदा हरेक क्षेत्रमा विकराल अवस्थ सिर्जना भएको थियो भन्ने हामीले पाउछौ । विभिन्न जातको कला, सस्कृती, भाषा, लिपि, धर्म, भेषभूषामा समेत प्रतिबन्ध रहेको ज्वलन्त इतिहास हाम्रो सामु स्पष्ट नै छ । त्यो अवधिमा घोषित अघोषित थुप्रै आन्दोलन नभएको भन्ने थिएन । तापनि ब्यवस्था नै परिवर्तन भएको थिएन । २०४६ सालपछि मात्रात्मक केही परिवर्तनको महशुस गर्न सकिन्थ्यो । त्यही अवधिबाट हरेक काम कार्वाहीमा केही खुकुलो भएसँगै ल्होछारको पनि प्रचारप्रसारले गति लिएको भन्ने बुझ्न सकिन्छ । त्यो भन्दा पहिले तिब्बतसँग जोडिएको भुभागहरुमा परापुर्वकालदेखि नै ल्होछारको प्रभाव भने रहेको पाईन्छ ।

० ल्होछार मानौं, दशैं बहिष्कार गरौं भन्ने नारा एकथरी ल्होछार प्रेमीहरुमा बारम्बार उच्चारण हुने गर्छ । यहाँको बिचारमा के दशैंले ल्होछार विस्थापित गरेकै हो त रु दशैं बहिष्कारलाई यहाँ के भन्नुहुन्छ र?

–पहिलो कुरा हाम्रो देश नेपाल बहुजातीय, बहुसंस्कृतिक, बहुधार्मिक र बहु पहिचान युक्त देश भएको हुँदा जाति विशेषको आफ्नो सस्कृती अनुसार जिउन खोज्नु स्वभविक हो र जायज पनि छ । दोस्रो कुरा । १२/१३ औं शताब्दीतिर मुसलमानसँगको युद्धमा हार खाए पश्चत नेपाल प्रवेश गरेका आर्यहरु पृथ्वीनारायण शाह हुँदै जंगबहादुर राणासम्म आइपुग्दा यहाँको आदिवासी माथी क्रूर भएर अगाडि बढेको इतिहास साक्षी छ र आदिवासीको सम्पूर्ण रुपले हरेक क्षेत्रमा सम्बन्ध बिच्छेद गराइएको ज्वलन्त उदाहरण प्रशस्त भेटिन्छ । ब्राह्मणवादी एकात्मक निरंकुश शाशन व्यवस्था कै कारण यहाँको आदिवासी माथि दमनको शृंखला चौतर्फी रह्यो । आदिवासीको कला, सस्कृती, भाषा, लिपि, धर्म र भेषभुषाको समेत नामेट बनाउने काम भयो र त्यो सङ्गै सम्पूर्ण रुपले चाहादा चाहादै पनि ल्होछार लगायत थुप्रै जातजातिको आफ्नो सस्कार सस्कृतिलाई लोप बनाउन बाध्य बनायो । त्यसैको फलस्वरूप ल्होछार पनि गुमराहमा रहेको देखिन्छ । पछिल्लो कालखण्डमा राज्य व्यवस्थाको परिवर्तन सङ्गै विस्तारै यहाँको आदिवासीको कला, सस्कृती, भाषा, लिपि, धर्म, भेषाभुषाको जगेर्ना गर्न माओवादी जनयुद्ध पछिको अवधिमा गतिशील ढंगले लागिपरेको देख्न सकिन्छ । त्यो मानेमा यदाकदा दशैको विकल्पमा ल्होछार खोज्नु स्वभाविक जस्तो लागेतापनि वास्तविक ल्होछार मान्ने समुदायको सामुदायिक स्तरको वार्षिक चाडपर्व नभएको हुँदा दशैले हालसम्म पनि आम नेपालीको राष्ट्रिय पर्वको रुपमा मान्यता पाईरहेको छ । गलत भनेर थाहा पाउँदा पाउदै पनि दशै राष्ट्रिय पर्वको रूपमा विकास भयो भने आदिवासीको सम्पूर्ण रुपले विस्थापित गराउदै हिन्दु अतिवादीको नै वर्चस्व रह्यो । त्यो कारणले पनि दशै बहिष्कार गरौ ल्होछार मानौ भन्ने नारा उठ्नु स्वभाविक रह्यो भने दशै कालान्तर देखि चाडपर्वको रुपमा स्थापित हुँदै आयो । ल्होछार विशुद्ध सामुदायिक नयाँ वर्ष ९ल्हो फेर्ने० मात्र भएको हुँदा हालसम्म पनि दुबिधामा नै रहेकोछ।

० ल्होछार कसरी मनाईन्छ रु ल्होछारलाई विगत केही वर्षदेखि मान्दै आएका तरिकाहरु कतिको जायज लाग्छ यहाँलाई रु र सुधार्नु पर्ने केही देख्नु हुन्छ कि र?

– ल्होछार कसरी मनाइन्छ भन्ने कुरा आम समुदाय नै अन्योलमा रहेको देख्छु । ल्होछार नयाँ वर्ष होकि सांस्कृतिक पर्व हो भन्ने कुरामा दुबिधा नै छ । अर्कोतिर ल्होछार सम्बन्धि प्रारम्भिक ज्ञान समेत समुदायमा जानकारी रहेको पाइदैन । विगतको वर्षहरुमा जसरी ल्होछार मनाउदै आइरहेकोछ । त्यो आफैंमा अन्योलमा नै हो भन्ने लाग्छ । अन्यौलकै विचमा ल्होछार मान्नु एकातिरबाट हेर्दा राम्रो नै हो तर कम्तीमा ल्होछार नयाँ वर्ष होकि पर्व हो किटान गर्न जरुरी छ । यदि ल्होछार ९नयाँ वर्ष० मात्र हो भने नयाँ वर्षको तरिकाले मनाउन सकिन्छ । यदि ल्होछार ९नयाँ वर्ष०सँगै समुदायको सास्कृतिक पर्वको रूपमा विकास गर्ने हो भने चाडपर्व रुपमाको विकास गर्दा सस्कृतिलाई जगेर्ना गर्न पराम्परातिर फर्किनु पर्ने हुन्छ । ल्होछारको बिधि पद्धतितिर फर्किनु पर्ने हुन्छ । जसरी विगतको दिनहरूमा मान्दै आएको ल्होछार टुडिखेलमा मात्र सिमित रहदै आयो त्यो जायज थिएन । आउने दिनहरुमा ल्होछार यदि सास्कृतिक पर्वको रुपमा ल्होछारलाई नै विकास गरेर लाने हो भने ल्होछारको आवश्यकता ल्होछारको मर्म र औचित्य प्रत्येक तामाङ गाउँको झुपडी–झुपडीमा बुझाउन आवश्यक छ अनि मात्र ल्होछारले सार्थक्ता पाउन सकिन्छ ।

० विक्रम संवतका महिनाहरु परिवर्तन हुँदा संक्रान्तीबाट हुने गर्छ तर ल्हो परिवर्तन हुँदा किन प्रतिपदाबाट हुने गर्छ थोरै बताईदिनोस् न ।

–भारतको विक्रम आदित्यको नाम बाट वि।स।प्रचलनमा आएको थियो भने ई।स। ९इसाई पूर्व० बाट सन्चालनमा आएको पाइन्छ । ल्होछारको सन्दर्भसँग जोडेर हेर्दा तिब्बतमा परापूर्वकाल देखि ३ वटा पात्रो सन्चालनमा आएको देखिन्छ । मन्जुश्री पात्रो ९खुल्हुई धथो र खुल्हुई लोथो० ले आकाशको ग्रह नक्षत्र पिण्डहरुको बारेमा तिनको गतिविधि तिनको चाल हामी चन्द्रमा भन्छौ । हामी सुर्य भन्छौ । त्यही चन्द्रमा र सुर्यको आधारमा आकाशिय पिण्डहरुको चालको आधारमा वर्षहरुको निर्धारण हुन्छ । महिनाहरुको निर्धारण हुन्छ । दिनहरुको निर्धारण हुन्छ अनि घडी पलाहरुको निर्धारण हुन्छ । दोस्रो पात्रो छुर्लुक परम्परा भन्ने गरिएकोछ त्यो परम्परा तेस्रो कर्मपा गुरुको पाला देखि शुरूवात भएको थियो । अर्को तेस्रो पात्रो फुक्पा परम्परा अर्थात गोडारको परम्परा भन्ने गरिएकोछ । दलाई लामाको नजिकको घेलुक साम्प्रदायहरुले सन्चालन गर्दै आएकोछ । त्यो तिनै वटा पात्रोमा वर्षको पहिलो महिना वैशाखको परेवाबाट शुरु हुन्छ । अब रह्यो ल्होछारको तिथि कसरी माघ शुक्लपक्ष प्रतिपदाको दिनमा पर्न गयो । चन्द्र पात्रो भनेको चन्द्रमाले पृथ्वीलाई एक पटक परिक्रमा गर्दा लाग्ने जम्माजम्मी दिन ३५४ दिन हुन्छ त्यस्को आधारमा तिथिको निर्धारण हुन्छ त्यसलाई चन्द्र पात्रो भन्ने गरिएकोछ जस्तै औंशि, पूर्णे,अष्टमी, नवमी, दशमी तिथिलाई भन्छौं । हामिले ख्रेलाछे अर्थात जाडो महिना ९माघ शुक्लपक्ष प्रतिपदा० तिथि चन्द्रमासको आधारमा हो । अनि सुर्य पात्रो भनेको सुर्यलाई पृथ्वीले र पृथ्वीलाई सुर्यले एकपटक परिक्रमा गर्दा जुन दिन हुन्छ । एक वर्षमा भाग लाग्दा १२ महिनामा आउने दिनलाई सुर्यमास रसुर्य गति वा सुर्य पात्रो भन्छौं । जस्तै ४, १२, १६ भन्छौं । त्यसैको आधारमा ल्होछारको तिथि पर्न गएको हामी बुझ्छौ ।

० २०४६ को परिवर्तनपछि मान्न थालेकोे ल्होछार काठमाडौं केन्द्रित थियो तर १० वर्षे जनयुद्ध र ०६२÷६३ को जनआन्दोलन पश्चात ल्होछार गाउँ९गाउँमा पुगेको अवस्था छ यसलाई कसरी लिनु भएको छ र?

–ल्होछार मान्ने कुरा गर्ने हो भने आज भन्दा ५ हजार वर्ष पहिले देखि नै हाम्रो आखे म्हेमेहरुले ९पू्र्खा० मान्दै आएको पाईन्छ । तापनि नेपालमा एकात्मक हिन्दुअतिवादी राज्य व्यवस्थाले यहाँको आदिवासी माथिको दमनले आदिवासीको कला, सस्कृती, भाषा, लिपि, धर्म, भेषाभुषालाई नामेट बनाउने काम भयो । त्यसैगरी ल्होछार पनि लोप हुँदै गएको देखिन्छ । २०४६ साल भन्दा पहिले तिब्बतसँग जोडिएको रसुवा, सिन्धुपाल्चोक,दोलखाको माथिल्लो भेगका तामाङहरुले ल्होछार मान्दै आएको पाउछौ । २०४६ सालको परिवर्तनपछि केही हद सम्म सहजको अनुभुती भएकोछ । २०५१ साल पौष १३ गतेको मन्त्रिपरिषदको निर्णय पछि ल्होछारले राष्ट्रिय रूपमा मान्यता प्राप्त ग¥यो र पनि ल्होछारको महत्व राष्ट्रव्यापी भने थिएन । १० वर्षे जनयुद्ध १९ दिने जन९आन्दोलनले पहिचानको मुद्दा उत्कर्षमा पुग्यो त्यसपछि गाउँ–गाउँमा समेत ल्होछारको महत्व बढ्दै गएको देखिन्छ तापनि ल्होछार नयाँ वर्ष होकि सास्कृतिक पर्व हो भन्ने विषय अझै पनि दुबिधामा नै छ भन्ने लाग्छ ।

० यहाँ, तामाङ फाउण्डेसन नेपालको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ, तामाङ फाउण्डेसन नेपालले ल्होछारलाई कुुन दृष्टिकोणले हेर्छ र?

–पहिलो कुरा तामाङ फाउण्डेशन नेपालले स्थापनाको दिन देखि नै तामाङ इतिहासको पुनर्लेखन गर्नु पर्छ भनेर भन्दै आएको कुरा यहाँलाई अवगत नै होला किन कि शासक बलियो भएको बेला लेखिएको इतिहास तामाङको पक्षमा हुँदै हुन्न र छदै छैन । दोस्रो कुरा यदि इतिहास नै तथ्यको आधारमा नभए पछि हाम्रो तिथि मिति देखि चाडपर्व कला, सस्कृती, भाष, लिपि, धर्म, भेषभुषा सम्मको कुरा गर्दा तथ्यको आधारमा पुग्न सकिएन भन्ने नै हो । त्यसरी हामी आउदै गर्दा भावी सन्तती सम्म पुग्दा हाम्रो परम्परा आधुनिकिकरण भैसक्ने कुरालाई नकार्न सकिन्न । आजको दिन सम्मको ल्होछार सम्म आईपुग्दा तथ्यको आधारमा पुग्न सकिएन भन्ने लाग्छ ।

० ल्होछारले शहर बजारदेखि गाउँ बस्ती बस्तीमा व्यापकता पाउँदै गर्दा विकृति पनि बढ्दै गएको आरोपलाई के भन्नु हुन्छ र?

–सकारात्मक चिजले विकास गर्दै गर्दा नकारात्मक चिज पनि सँगै कुम जोडेर आउनु स्वाभाविक हो । प्रत्येक मानिससँग सकारात्मक र नकारात्मक दुवै सोच भएको हुँदा अन्यथा लाग्दैन कहिलेकाही नकारात्मक वस्तुले बढी नै गाजिएको हुँदा सकारात्मक वस्तुको ओझ छिया–छिया हुनु चाहिँ दुःखद पक्ष हो । केही वर्ष देखिको ल्होछार भद्दा मजाक हुँदै गएको त होइन भने भन्ने प्रश्न उब्जिएको चाहिँ छ ।

० अहिले आन्दोलनलाई समेत शाकाहारी र मांसहारी भन्ने गरेको बेला ल्होछार शाकाहारी र मांसहारी के हुनुपर्छ भन्ने लाग्छ यहाँलाई र?

–यहाँको प्रश्नले अर्थको अनर्थ तिर लाग्छ कि भन्ने लाग्यो । आन्दोलन शाकाहारी र माङ्सहारी भन्ने चल्दै गर्दा सरकारको गतिविधिमा भर परेर सशस्त्र कि शान्तिपूर्ण भन्ने हो भन्ने मेरो बुझाई हो । ल्होछारको सन्दर्भसँग जोडेर हेर्दा शाकाहारी र माङ्सहारी के हुने भन्नेमा हामी बौद्धमार्गीहरु जहिले पनि शान्ति अहिंसा अर्काको भलो सधै देख्ने भएको हुँदा सबै प्राणीको भलो चिताउने भएको हुँदा शाकाहारी नै भए झनै राम्रो हुन्छ ।

० अन्त्यमा ल्होेछार सम्बन्धि केही सुुझाव छ कि ?

–तथ्यको आधारमा सत्य पत्ता लगाएर ल्होछार मनाउन आम समुदायलाई अपिल गर्न चाहान्छु । साथै २८५७ औं लाङ ९म्हे० ल्होछारको अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति सुस्वास्थ्य एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । थुजेछे ।

प्रतिक्रिया दिनुहोस्