केसीको जीतमा आचार्यको महत्वपूर्ण भूमिका



काठमाडौं,४ जेठ । नेपाल चलचित्र कलाकार संघको २१ औँ महाधिवसनले कलाकार उत्तम केसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिद्वन्द्वी अभिनेता सबिन श्रेष्ठलाई पराजित गर्दै केसी विजयी हुनुभएको हो ।

त्यस्तै,उपाध्यक्षमा शिवहरी बैरागी र पूजना प्रधान, महासचिव पदमा सुनील कटवाल विजयी हुनुभएको छ । सचिव पदमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजुला खतिवडा,सह–कोषाध्यक्षमा पवन केसी विजयी हुनुभयो ।

कार्यसमितिका सदस्यहरुमा दमन रुपाखेती,इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान ‘इकु’,रश्मि भट्ट,चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई निर्वाचित हुनुभएको छ । कलाकार केसीको जीतमा अभिनेता धर्मेन्द्र आचार्यको महत्वपूर्ण योगदान र सहयोग रहेको छ ।

संघको अध्यक्ष पदका लागि अभिनेता सविन श्रेष्ठ, बरिष्ठ कलाकार उत्तम केसी र अभिनेता धर्मेन्द्र आचार्यबीच कडा प्रतिस्पर्धा हुँदा कसले विजय हासिल गर्छ भन्ने कुराको अन्यौलको वातावण देखेपछि धर्मेन्द्र आचार्यले आफ्‌नो जीतको सम्भावना भएपनि पुरा प्यानल सहित केसीको समर्थनमात्र गरेनन् केसीलाई जिताउन अहोरात्र खटिनुका साथै विजय गराएर सुटिङ्गको लागि हिजै बेलुका लमजुङ्ग प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्