दार्चुला प्रकरण अनुसन्धानका लागि सरकारद्वारा समिति गठन



काठमाडौं । दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।

स्थानीयका अनुसार भारतीय सुरक्षा बल (एसएसबी) तुइन काट्न आउने क्रममा जयसिंह धामी तुइनको तारसँगै तानिएर महाकालीमा बेपत्ता भएका थिए।भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएको थियो।[फाईल फोटो ]

प्रतिक्रिया दिनुहोस्