चट्याङ लागेर गौमुखी गाउँपालिकामा बाउछोराको मृत्यु
प्युठान,१४ बैशाख । गौमुखी गाउँपालिका-६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनकै छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको छ ।

आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।
साथै चट्याङ लागेर घाइते भएकी १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

