शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ भनेर निर्बाचनमा मैंले स्वतन्त्र उम्मेदवारी दिएको हुँ
- दर्हो स्तम्भ लोकेन्द्र
स्वतन्त्र उम्मेदवार, भक्तपुर क्षेत्र नं २
० तपाईं आफूलाई लोकेन्द्र मात्रै भनेर परिचय दिन रुचाउनुहुन्छ किन ?
हेर्नुस्,अहिले हामी एक्काइसौ शताब्दीमा छौं । एक्काइसौं शताब्दीको यो भनेको समग्र विश्व नै एउटा सानो गाउँमा सिमित भएको अवस्था र समग्र संसार नै एउटा स्मार्टफोनमा अटेको अवस्थामा हामिले जात जाति र क्षेत्र लिङ्गबाट माथि उठ्नैपर्छ । नेपाल र नेपालीलाई जातजाति, लिङ्ग र समुदायमा भाँडेर फुटाउ अनि राज गर भन्नेहरुको अहिले बिगबिगी छ। यो अवस्थालाई चिर्न म आफूलाई लोकेन्द्र मात्रै भनेर परिचय दिन रुचाउँछु । कसैलाई लाग्छ लोकेन्द्र मात्रै काफि छैन भने आफूलाई एउटा दर्हो स्तम्भ लोकेन्द्र भन्न रुचाउँछु अर्थात very strong pillar of nepal lokendra. यो बिषयमा जनताको हृदयबाट जन अनुमोदन भएर २०५९ सालको तोयानाथ पन्तको पञ्चाङ्ग पात्रोले समेत मेरो हालसम्मको देशलाई दिएको योगदान र भबिस्य मा दिने योगदान लाई मध्यनजर गर्दै मलाई यो देश नेपाल को राजनीतिको एउटा दर्हो स्तम्भ भनि लिखित रुपमा प्रमाणित गरेको अबस्था छ ।
० तपाइँको शैक्षिक योग्यता कति हो ?
- मैले तीनवटा विषयमा मास्टर्स डिग्रीसम्म अध्ययन गरेको छु ।Demography, mathematics, masters in business studies मैंले मास्टर्स गरेका बिषय हुन् ।विश्वभाषा क्याम्पस बाट चाइनिज भाषाको अध्ययन पनि गरेको छु । मैले बिगत १२/१३ वर्षदेखि विभिन्न कलेज स्कुलहरुमा गणित शिक्षकका रुपमा कार्य गरे र तयगचष्कm क्षेत्रमा विगत १० बर्ष भन्दा लामो समयको अनुभव छ ।
० तपाईंको राजनीतिक अनुभब के छ?
हामीले हाम्रो चेतना खुलेदेखि नै नेपाल र नेपालीलाई असीम प्रेम गरेका छौं । कसैले म नेपाल र नेपालीलाई घृणा गर्छु भन्दाखेरी हामी नेपाल र नेपालीलाई प्रेम गर्छौं भन्ने अभिव्यक्ति हामीले ऋतिक रोशन आन्दोलनमार्फत दिएकै हो । बाह्रबुँदे समझदारी, ६२÷६३ सालको जनआन्दोलनको नेतृत्वदायी भूमिका, मधेश आन्दोलनको वैचारिक नेतृत्व आदि कारणले हामीलाई आम सर्वसाधारण नेपालीले मनमा देशको खम्बा हुँदै दर्हो खम्बा हुँदै स्तम्भ हुँदै दर्हो स्तम्भ भनेर आफ्नो हृदयमा ठाउँ दिएको अवस्था हो र यसलाई तोयनाथ पन्तको पाञ्चाँग ले भने लिखित रुपमा प्रमाणित गरेको अवस्था हो ।
भक्तपुर क्षेत्र नम्बर २ बाट संघिय सांसद पदमा तपाईंको स्वतन्त्र उमेदवारी किन ?
वर्तमानमा चारैतिरको चरम निराशा र भ्रष्टाचारको दबदबा भएको अवस्था छ । न्यायालयप्रति जनताको आस्था घट्दै गएको, राज्यका सबै निकायहरुको चरम दलीयकरण, चरम बेरोजगारी, लोकतन्त्रको नाममा राजनीतिक दलहरूको चरम लुटतन्त्र, चरम सिन्डिकेट, जनताको जीवनस्तर र जनजीविकाको चरम बेवास्ता, आर्थिक क्षेत्रमा चरम गतिहिनता, चरम बेथिति आदि जस्ता विकृतिहरु देखिएका छन् । यो अवस्था विगत ३०/३२ बर्ष देखि शासन गर्दै आएका दलहरुले सिर्जना गरेका हुन् र यी दलहरु आफूलाई विकल्पहीन र अकाट्य सत्य जसरी आफूलाई तानाशाही रुपमा प्रस्तुत गरिरहेका छन् । यो सबै कुरालाई एक चोटी भए पनि निमिट्यान्न पार्न, दलहरूलाई पाठ पढाउन तथा देश र जनतालाई दलहरूको दलदलबाट निकाल्न हामी स्वतन्त्रहरुले पहलकदमी गर्नुपर्छ भन्ने मनसायले मैले आफ्नो क्षेत्र भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा सभासद पदको लागि दाबेदार भएको हुँ ।
० स्थानीयस्तरमा तपाईंको योजना के छ?
म सभासद भएपछि भक्तपुर क्षेत्र नम्वर २ मा
१) एउटा निःशुल्क विश्वविद्यालय खोल्ने छु जहाँ मन्टेश्वरी देखि उच्च शिक्षासम्म निःशुल्क पढाइ हुनेछ नैतिक शिक्षा र कम्प्यूटर, गणित विज्ञान एउटै कक्षामा पढाइ हुनेछ र जहाँबाट नैतिकवान्,चरित्रवान् र ज्ञानवान विद्यार्थीहरु यो देशका गहना जसरी उत्पादन हुनेछन्।
२) अहिले जसरी हनुमन्ते, मनोहरा र जडीबुटीदेखी सूर्यविनायकसम्म अरनिको राजमार्गमा बिचको ग्रीन बेल्टमा हरियालीको नाममा हरियाली मात्रै हुनेगरी जुन रुखहरु लगाइएको छ, त्यो एकदमै पटमूर्खले गर्ने काम हो । ती सबै रुखहरु हटाएर हरियाली पनि हुने फूल पनि हुने र सबैभन्दा महत्वपूर्ण फल लाग्ने रुखहरु लगाइनेछ । अम्बा, आरु, केरा, सुन्तला, जुनार, ज्यामिर, लिची, अंगुर, आँप, उखु ,एभोकाडो आदि लगाइने छ। ऋयलअभउत के भने कुनै पनि भोको बटुवाले खाएर सन्तुष्टिको भाव आउनु, भोको पेटको ज्वाला केहीमात्रामा शान्त हुनु पनि वास्तवमा लोक कल्याणकारी राज्यको अनुभूति हुनु हो । बिरोध गर्नेले भन्लान् यो मासिन्छ यो टिकाउ हुँदैन तर हैन माइतीघर मण्डलामा दुबो लाउदा पनि यस्तै भन्थे मान्छेहरू तर हामीले जनतालाई विश्वास गर्नुपर्छ र जनताको चेतना विस्तारै बढ्दै जान्छ।
३) पौराणिक ग्रन्थहरुमा भनिएको सोमरस अर्थात् लोकल मदिरालाई अझ बढी प्रशोधित गरेर अन्तर्राष्ट्रियरुपमा ब्रान्डिङ् गरिनेछ ।
४) बिस्केट जात्रालाई सबै समुदायले अपनत्व हुनेगरी मनाइने छ र यसलाई राष्ट्रिय पर्वको रूपमा अगाडि बढाइनेछ ।
यस्ता धेरै धेरै योजनाहरु छन् कृषक आमाबुबा दाजुभाइहरूको लागि ,पर्यटनसँग सम्बन्धित हाम्रो कला संस्कृतिको जगेर्नाको विषयमा, निःशुल्क खाने पानी को विषयमा, सबै स्कूलहरुमा अनिवार्यरुपमा नैतिक शिक्षा पढाउनुपर्ने विषयमा र पाँच वर्ष भित्रमा एउटा निःशुल्क रुपमा मुटुरोगसम्मको शल्यक्रिया हुने सम्मकै हस्पिटल खोल्ने मेरो योजना छ ।
यी त भए स्थानीयस्तरमा तपाईले अघि सार्नु भएका योजनाहरु र तपाईको त नीतिनिर्माण गर्ने तहमा जाँदै हुनुहुन्छ निति निर्माण गर्नमा तपाईंको भूमिका के हुनेछ ?
राष्ट्रघाती एमसीसी सन्धि, नेपाललाई कालान्तरमा फिजी बनाउने नागरिकता विधेयक आदि जस्ता देशद्रोहि, राष्ट्रघाती कामहरू संसदबाट हुँदै गयो भने म संसद भवनभित्र जोडदार रुपमा बिरोधको आवाज उठाउने छु । यदि त्यो आवाज बहिरा शासकहरुमा पुगेन भने म त्यो संसद भवनभित्र देशभक्ति अलक जगाउन आत्मदाह गर्ने छु ।
अर्को कुरा, आम सर्वसाधारण विषयलाई जोडदार ढंगले उठाउन संसद् र सडक बिचमा पुलको काम गर्नेछु । संसदमा महंगी, बेरोजगारी, भ्रष्टाचारी, बेथिति र देशविरुद्ध जनताविरुद्ध भएका षडयन्त्र को बिरुद्दमा जबर्जस्त आवाज उठाउने छु र सदनमा मेरो आवाज सुनेको नसुनै गरियो भने सडक आन्दोलन को नेतृत्व गर्नेछु ।यी त भए स्थानीयस्तरमा तपाईले अघि सार्नु भएका योजनाहरु र तपाईको त नीतिनिर्माण गर्ने तहमा जाँदै हुनुहुन्छ निति निर्माण गर्नमा तपाईंको भूमिका के हुनेछ ?
राष्ट्रघाती एमसीसी सन्धि, नेपाललाई कालान्तरमा फिजी बनाउने नागरिकता विधेयक आदि जस्ता देशद्रोहि, राष्ट्रघाती कामहरू संसदबाट हुँदै गयो भने म संसद भवनभित्र जोडदार रुपमा बिरोधको आवाज उठाउने छु । यदि त्यो आवाज बहिरा शासकहरुमा पुगेन भने म त्यो संसद भवनभित्र देशभक्ति अलक जगाउन आत्मदाह गर्ने छु ।
अर्को कुरा, आम सर्वसाधारण विषयलाई जोडदार ढंगले उठाउन संसद् र सडक बिचमा पुलको काम गर्नेछु । संसदमा महंगी, बेरोजगारी, भ्रष्टाचारी, बेथिति र देशविरुद्ध जनताविरुद्ध भएका षडयन्त्र को बिरुद्दमा जबर्जस्त आवाज उठाउने छु र सदनमा मेरो आवाज सुनेको नसुनै गरियो भने सडक आन्दोलन को नेत्रित्व गर्ने छु । सदन र सडक दुवै मोर्चाबाट एकसाथ आन्दोलित हूने हो ।
० देश र जनताप्रति तपाईको लक्ष्य के हो ?
यो देश नेपालको एउटा दर्हो स्तम्भको नाताले मलाई व्यक्तिगतरुपमा यो देश र जनताप्रतिको ठुलो उत्तरदायित्व बोध हुन्छ । यो देश नेपाल र नेपालीलाई निस्वार्थ र निश्चल प्रेम गरेको नाताले मेरो प्रेमको चरम लक्ष्य भनेको नेपाललाई सत्ययुगमा लानु र नेपाली जनतालाई स्वर्ग तुल्य राज्यमा बसाउनु नै मेरो प्रेमको चरम लक्ष्य हो । यो हाम्रो अर्जुन दृष्टि हो। अब हामी सकारात्मक ढंगले विश्वको केन्द्रविन्दु बन्दैछौं सबैजना तयार रहनु होला ।
अन्त्यमा भक्तपुर क्षेत्र नम्बर २ का मतदातालाई तपाईं के भन्न चाहनुहुन्छ
जसरी वर्षभरि जम्मा भएको फोहोर प्लास्टिक आदि कुराहरु असार साउनको ठुलो भेलमा परेर हनुमन्ते, मनोहरा, बागमती ले बगाएर लिएर जान्छ त्यसैगरी विगत पाँच वर्षदेखि जम्मा भएको फोहोर पनि यो आम निर्वाचन बाट बढालिएर लानुपर्छ । सुन्दर लोकतन्त्रलाई विभिन्न थरी अपहरणको नाममा धनबल र डन बल ले सन्चालन गर्नु हुँदैन । प्रायः सबै ठूला भनाउँदा दलहरु मिलिभगत गरेर शासन सत्ता आफूलाई फाइदा हुने गरे मुलुक सञ्चालन गरिरहेका छन् र यो चरम विकृति हाम्रो भक्तपुर क्षेत्र नं २ मा पनि छ । दल लाई सच्याउन पनि, दल लाई चेतावनी दिन पनि एउटा ठूलो सन्देश यो शान्तिपुर्ण क्रान्ति मार्फत मंसिर ४ गते दिनैपर्छ । हो, म मान्छु परिवर्तन गाह्रो छ तर असम्भव भने छैन ।
कस्तो बिडम्बना हामीले जुन प्रवृत्ति विरुद्ध जुन शासनसत्ताको विरुद्धमा यिनी लाई खडा गरियो आज उनीहरू नै त्यहि पुराना शासक जस्ता भएका छन् जो हामीलाई डर , त्रास र भय मा राखेर शासन सत्ता सञ्चालन गरिरहेका छन् । त्यसैले म भक्तपुर क्षेत्र नम्बर २ का आमा बुवा दाजुभाइ दिदी–बहिनीहरुलाई हार्दिकतापूर्वक विनम्र निवेदन गर्न चाहन्छु कि यो मंसिर ४ गते हामी एउटा शान्तिपूर्ण क्रान्ति सम्पन्न गरौं, दगििभत बाट हैन दबििभत बाट शान्तिपूर्ण परिवर्तन सम्भव छ भन्ने सन्देश विश्वव्यापी बनाऔं ।
मंसिर ४ गतेलाई कलियुगको अन्तको बिन्दु र सत्ययुगको सुरुवातको बिन्दु बनाऔ । यो शान्तिपूर्ण संघर्ष, यो मौन क्रान्ति, भ्रष्टाचारविरुद्धको सदाचार, चरम निराशा विरुद्धको भविष्यको आशा र दलहरूको भयानक दलदलबाट देश र जनतालाई एकचोटी मात्र भएपनि निकाल्ने सत प्रयासको रुपमा अघि बढाउनु पर्दछ । त्यसैले मेरो चुनाब चिन्ह “लौरो’’ मा छाप लगाएर म यो देश नेपालको एउटा दर्हो स्तम्भ लोकेन्द्रलाई हजुरको माया, प्रेम, स्नेह र विश्वास प्राप्त हुनेछ भन्ने ठूलो आशा लिएको छु र म प्रतिको हजूरहरुको विश्वास कुनै पनि हालतमा खण्डित हुन दिने छैन्, यो मेरो भीष्म प्रतिज्ञा हो ।