खाेटाङ कांग्रेसका उपसभापति पाेखरेल काेराेना डिफेन्स अवार्डवाट सम्मानित



–बाबुराम आचार्य

काठमाडौं,११ मंसिर – नेपाली काङ्ग्रेस खाेटाङका उपसभापति ईन्जिनियर धर्मराज पाेखरेल फाेकस नेपाल काेराेना डिफेन्स अवार्डवाट सम्मानित हुनुभएकाे छ ।

प्रज्ञा भवन कमलादीमा आयोजित विशेष कार्यक्रममा शहरी बिकास मन्त्री रामबीर मानन्धरले पोखरेललाइ खादा, माला र सम्मानपत्रसहित बिहीवार सम्मानित गर्नुभएको हो।

लोक दोहोरी गायक समेत रहेका कांग्रेस उपसभापति पोखरेलले कोरोना कहरका कारण संकटमा परेका बिपन्न नागरिकहरुलाइ गृह जिल्ला खोटाङ र काठमाडौंमा गरी लाखौं रुपैयाँको खाद्यान्न, नगद र स्वास्थ्य सामाग्री बितरण गर्नुभएको थियो। कोरोना भाइरस संक्रमणको बिश्वब्यापी महामारीका कारण उत्पन्न संकटले जनजीवनमा पारेको प्रभावलाई सामान्यीकरण गर्न पोखरेलले बिपन्नहरुलाइ गरेको मानबीय सहयोगले समाजमा सकारात्मक उर्जा प्रदान गरेको भन्दै फोकस नेपाल नामक संस्थाले वहाँलाई सम्मान गर्ने निर्णय गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथी राज्यमन्त्री मानन्धरले अन्य नौ जनालाई समेत सम्मान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्