‘कोरोना संक्रमितलाई जनावरलाई भन्दा खराब व्यबहार’
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । भारतको सर्वोच्च अदालतले कोरोना संङ्क्रमितलाई अस्पताल र अधिकारीहरुले गर्ने व्यवहारप्रति आक्रोश व्यक्त गरेको छ ।
सर्वोच्च अदालतले संघ र राज्य सरकारका नाममा एक सूचना जारी गर्दै कोरोना संक्रमितहरुलाई जनावरलाई गरिनेभन्दा खराब व्यवहार गरिएको र अवस्था दयनीय रहेको जनाएको छ।
अदालतले भन्यो, ‘एक अवस्थामा एउटा शव फोहोरको थुप्रोमा फ्याँकिएको अवस्थामा फेला परेको छ । संक्रमितहरुको मृत्यु भइरहेको छ तर उनीहरुको अन्तिम संस्कार गर्नसमेत मानिसहरु भेटिएका छैनन् ।’
पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ कोरोना संक्रमित थपिएका थिए भने ३९६ संक्रमितको मृत्यु भएको थियो ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या करिब तीन लाख पुगेको छ भने ८ हजार ४९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (अलजजिरा