सोताङ गाउंपालिकाले काठमाडौंमा भोलिदेखि राहत बितरण गर्ने
काठमाडौं २८ जेठ ।सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले बिहिवारबाट राहत बितरण गर्ने भएको छ। सोताङबाट काठमाडौ आइ अस्थायी बसोबास गरेका पालिकाबासीलाइ सहयोग पुगोस् भन्ने उद्देश्यले राहत बितरण गर्न लागिएको अध्यक्ष बीरबहादुर राइले जानकारी दिनुभयो।राहत बितरणका लागि अध्यक्ष राइसहितको टोली मंगलबार काठमाडौं आइपुगेको छ।
सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौं उपत्यकामा समस्यामा परेका आफ्ना नागरिकहरुलाई सोलुखुम्बुको सोताङ गाउँपालिकाले राहत वितरण गर्ने भएको छ। कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण थप फैलन नदिन सरकारले गएको ११ चैतदेखि घोषणा गरेको लकडाउन हाल जारी छ।
गाउँपालिका अध्यक्षका अनुसार काठमाण्डौमा रहेका विद्यार्थी, मजदूर तथा विपतमा परि गाउँ फर्कन नसकेका आफ्ना नागरिकलाई गाउँपालिकाले बिहिवार काठमाडौंको कपन पैंयाटारबाट राहत बितरण सुरु गर्न लागिएको हो।
काठमाडौं उपत्यका तथा आसपासका सहरी क्षेत्रमा रहेका विद्यार्थी, आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु लकडाउनका कारणले विपतमा परेर बसिरहनु भएको छ भने तोकिएका नम्बरमा सम्पर्क गरि आफुलाई पायक पर्ने क्षेत्रबाट राहत लिन सकिने वहांले जानकारी दिनुभयो।राहत लिन आउने ब्यक्तिले आफ्नो परिचय खुल्ने कागज भने बोकेको हुनुपर्ने अध्यक्ष राइको भनाइ छ।
२९गते कपन पैयाटारबाट सुरु हुने राहत बितरणआकाशेधारा फुटवल ग्राउण्ड, सरस्वतीनगर, गोकर्ण माइक्रोपार्क र मूलपानी क्रिकेट ग्राउण्ड र जेष्ठ ३० गते चक्रपथ, वनस्थली कलंकी, सातदेबाटो र भक्तपुर क्षेत्रमा पुगेर सम्पन्न हुने लक्षमण मिसन कार्कीले जानकारी दिनुभयो।विपतमा परेका नागरिकहरुले आफुलाई पायक पर्ने क्षेत्रबाट राहत लिनका लागि तल दिएका नम्बरमा सिधै सम्पर्क गर्न सक्ने गाउॅंपालिका अध्यक्ष राइले बताउनुभयो।
थप जानकारीको लागि
अध्यक्ष वीर बहादुर राई 9743007227
वडाअध्यक्ष तारा राई 9753007305
लक्ष्मन मिसन कार्की 9851115281
भद्रगोल किराती 9841429480
राज नाछिरिंग 9851166793
पेम्वाठिले शेर्पा 9803964735
सार्की शेर्पा 9860514217
रामकाजी तिवारी 9862930710