नेचामा आपराधिक घटना बढ्दै, बास्तोलामाथि खुकुरी प्रहार गर्ने राई पक्राउ



(सांकेतिक तस्बिर) सोलुखुम्बु , १३ जेठ । जिल्लाको दक्षिणी भेगमा अवस्थित नेचासल्यान गाउँपालिकामा पछिल्लो समय अपराधिक घटनामा वृद्धि हुँदै जान थालेको छ।स्थानीय महिलामाथि बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेको महिना दिन बित्न नपाउंदै स्थानीय एक युबा हिंजो पक्राउ परेका छन् ।

स्थानीय दुर्गा प्रसाद बास्तोलालाइ खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा नेचासल्यान वडा नं ४ निबासी सन्तोष राईलाई सोमबार सांझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय नेचासल्यानले जनाएको छ।प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार घटनास्थलबाटै पक्राउ परेका राइको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ।राइको खुकुरी प्रहारबाट बास्तोलाको दाहिने तिघ्रामा गम्भीर चोट लागेको यादवले रहस्यखबरलाइ बताए।घाइते बास्तोलालाई उपचारपछि सोही दिन घर पठाइएको र अभियुक्त राइलाइ आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको उनले बताए ।

सानो काम छ भेटौं भनेर राइले बोलाएपछि बास्तोला चम्लबोटस्थित आफ्नो बारीमा जाँदै थिए।उनलाई बाटोबाट घिसार्दै तल लगेर राइले एक्कासी खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ।झन्डै १० बर्ष अघि बास्तोलाले घटनास्थल नजिकै जग्गा खरिद गरेका थिए। त्यो जग्गा किन किनिस भन्दै राइले खुकुरी प्रहार गरेको बांस्तोला परिवारको भनाइ छ।

खुकुरी प्रहारबाट घाइते बास्तोला फोटो

यसअघि स्थानीय महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय नेचासल्यानमा कार्यरत प्रहरी हवल्दार महेश्वर श्रेष्ठ र स्थानीय तुलाधन राई पक्राउ परेका थिए।छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका दुबै जनामाथि हाल अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्