ज्योति लाईफले आफ्ना बीमितहरुलाई कोभिड–१९ को बीमा गरिदिने



 

काठमाडौ २८ बैशाख । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफना बीमितहरुलाई कोभिड १९ को बीमा गरिदिने भएको छ । इन्स्योन्सले बैशाख २७ गते देखि जेष्ठ मसान्त, २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको लागि बीमा समितिले नेपाली नागरिकहरुका लागि निर्जीवन बीमा कम्पनीहरु मार्फत हालै बजारमा ल्याएको कोभिड–१९ को विरुद्धरु.५० हजार बराबरको जोखिम बहन हुने गरि १ वर्षको लागि बीमा सुविधा दिने भएको छ ।
विश्व नै कोरोना भाइरस कोभिड–१९ बाट आक्रान्त भै रहेको अहिलेको विषम परिस्थितीमा कम्पनीले “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको हो सो वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार पर्ने छैन ।
यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको PCR पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट रु.५० हजार उपलब्ध गराउनेछ । यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने विश्वास कम्पनीले लिएको छ ।
सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाइविभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा÷उपशाखा कार्यालयमा सम्पर्क गरिनवीकरण बीमा शुल्क तिरी कम्पनीले दिएको सुविधाबाट लाभ लिन कम्पनीले बीमितलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्