सगरमाथा राष्ट्रिय निकुञ्जमा मारिए ६ कस्तुरी



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु, वैशाख १५ । सगरमाथा राष्ट्रिय निकुञ्जमा ‘लकडाउन’को मौका छोपी तस्करहरुले ६ ओटा कस्तुरी मारेका छन् ।

विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय निकुञ्ज क्षेत्रको केङ्जोमा बन क्षेत्र अन्तर्गत टाक्दिमा भन्ने स्थानमा मारिएका कस्तुरी मृगहरुमा १ पोथी, ३ भाले र २ सडेगलेको अवस्थामा हुनाले लिङ्ग छुट्टाउन नसकिएको अवस्थामा रहेका छ्न ।३ ओटा भाले कस्तुरी मृग मध्ये २ ओटाको वीणा झिकेर सिकारीले लगेको र १ को झिकी लान नभ्याएको निकुन्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो।खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा न ५ का अध्यक्ष लक्ष्मण अधिकारी, खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष छिमी छिरिङ शेर्पा, फुङ्गी ठागा पोस्टबाट गएका नेपाली सेना, रेन्जर सुमन समेतको टोलीले भाले पोथी पहिचान हुन नसकेका २ मृगलाई आवस्यक मुचुल्का तयार गरी घटनास्थलमै गाडिएको र बीणा नझिकिएको १ र अरु ३ लाई निकुञ्ज कार्यालय नाम्चेमा ल्याई रणशुर गुल्म, इलाका प्रहरी कार्यालय,,स्थानीय बासिन्दा सहित निकुन्जका कर्मचारी सहितले आवस्यक प्रक्रिया पूरा गरि भाले १ बाट बीणा निकाली खाल्डो खनी गाडिएको निकुञ्ज कार्यालयले जनाएको छ । कस्तुरी मृगको लासको प्रकृति हेर्दा ८र१० दिन अगाडी नै घटना घटाइएको हुन सक्ने र चोरी शिकारमा संलग्न व्यक्तिहरुको पहिचान हुन नसकेकोले आवश्यक गस्ती परिचालन गरिएको र खोजी कार्य भइरहेको निकुन्जका प्रमुख सरक्षण अधिकृत उपाध्यायको भनाइ छ । निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेना र निकुन्जको व्यष्लत यउभचबतष्यल अभिि टोलीबाट सङ्कास्पद व्यक्तिहरुको झोला जाच, सोधपुछ गर्ने कार्य गरिरहेको छ भने घटनास्थल र अन्य नाकाहरुमा गस्ती परिचालन गरी अनुसन्धान तीब्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्