कोरोनाका कारण एप्पलको व्यापार घाटा बढ्ने संकेत



एप्पलले लगानीकर्ताहरुलाई आइफोन अभावका कारण त्रैमासिक मुनाफामा घाटा हुन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको प्रकोप बढेसँगै चीनमा आइफोन निमार्ण एवं बिक्री बन्द भएको छ । एप्पलको ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको चीनमा सबै कार्यस्थल बन्दभएसँगै एप्पलको व्यापारमा घाटा हुने देखिएको हो ।
‘उत्पादनहरु बनाउने मान्छेको स्वास्थ्य र जिवन हाम्रो प्राथमिकता हो, त्यसैले हामी स्वास्थ्य अधिकारीहरुसँगको परामर्शमा छौं, र यसले एप्पलको व्यापारमा विश्वव्यापी असर पार्ने,’ एप्पलले जनाएको छ । एप्पलले चीनमा रहेको आफ्ना सबै स्टोरहरु बन्द गरेको छ । तर, अब केही ठाँउका स्टोरहरु खुला गर्ने तयारी गरिरहेको छ । चीनमा रहेको ठूला अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्ना सबै कार्यक्षेत्रहरु बन्द गरेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्