नेपालले निष्पक्ष,न्यायपूर्ण र मानवतामा आधारित विश्व व्यवस्था चाहेको छ : प्रधानमन्त्री शाह
काठमाडौं,९ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनलाई कुनै देशविरुद्धको आरोप प्रत्यारोपको विषय नभई साझा मानवताको चुनौतीका रूपमा हेर्न विश्व समुदायलाई आह्वान गरेका छन्।

नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै उनले तर, नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चहने बताए ।नेपाली समय अनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका शाहले नेपालले निष्पक्ष,न्यायपूर्ण र मानवतामा आधारित विश्व व्यवस्था चाहेको बताए।
प्रधानमन्त्री शाहले भोटेकोशीलगायतका विनाशकारी बाढीबाट नेपालले बेहोरेको क्षतिको स्मरण गर्दै पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको ‘ग्राउन्ड-बेस्ड सपोर्ट’, ‘लस एन्ड ड्यामेज’ को प्रभावकारी कार्यान्वयन तथा जलवायु वित्तमा पहुँच विस्तार गर्न आग्रह गरे।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाली भाषामा शुभकामना व्यक्त गर्दै
भने-‘भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्,यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।’


