आज बेलुकादेखि तीन दिनसम्म देशैभर अत्याधिक वर्षाको सम्भावना,२०० मिलिमिटर बढी पानी पर्न सक्ने



काठमाडौँ,८ असोज । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि देशैभर अत्यधिक वर्षा हुने अनुमान गरेको छ । जल तथा मौसस विकास विभागले बुधवार बिहान सूचना जारी गरी आगामी तीनदिनमा केही स्थानमा भारी,धेरै भारी र अति भारी वर्षा हुन सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार बुधवार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज बिहीवार राति कोशी प्रदेशको हिमाली,पहाडी र तराई भू–भाग, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो लुम्बिनी, कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्न सम्भावना रहेको छ । राती कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । भोलि शुक्रवार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

जिल्लागत रूपमा असोज ९ र १० गते वर्षाको फैलावट देशभर नै उच्च बिन्दुमा पुग्नेछ । यी दिनमा कोशी प्रदेशका ओखलढुङ्गा,भोजपुर, संखुुवासभा, बागमतीको रसुवा, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका तथा गण्डकीका गोरखा, मनाङ र मुस्ताङका शतप्रतिशत भूभागमा वर्षा हुने अनुमान छ । मौसमविद्हरूले पूर्वसूचनाका रूपमा बुझेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा असोज ९ गतेदेखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने र एक–दुई स्थानमा अतिभारी २०० मिलिमिटरभन्दा बढी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

विभागले २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ । यो प्रणालीको असरले उच्च हिमाली भेगमा भारी हिमपातसमेत गराउने भएकाले पर्वतारोहण र पदयात्रामा निस्कन पनि जोखिमपूर्ण हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्