थुलुङ दुधकोशीले काठमाडौंमा सञ्चालन गरेको एकीकृत सेवा शिबिरको पहिलो दिन ५ सय ११ जनाले सेवा
काठमाडौं,२० साउन । थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले काठमाडौ उपत्यकामा सन्चालन गरेको एकीकृत प्रशासनिक सेवाको पहिलो दिन ५ सय ११ जनाले सेवा लिएका छन । गाउँपालिका संस्थापक अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको शिविरको पहिलो दिन उक्त सेवा प्रवाह भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि बायोम्याट्रीक अनिवार्य गरेपछि थुलुङ दुधकोशी गाउँपालिकाले गत वर्ष देखि नै एकीकृत सेवा प्रवाहका लागि शिविर सञ्चालन गरेको हो । गत वर्ष उपत्यकामा शिविर संचालन गर्ने थुलुङ दुधकोशी पहिलो भएको भन्दै संस्थापक अध्यक्ष असिम राईले नागरिकलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभयो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष सवीता राईले नागरिकको सहजताकै लागि शिविर सञ्चालन कार्यलाई निरंतरता दिएको भन्दै दुई दिने सिविरमा आवश्यक सवै सेवा लिन अनुरोध गर्नुभयो ।
कुन वडाका कति जनाले सेवा लिए ?
वडा नं. १ नेले
१ सिफारिस पत्र ७
२ मालपोत तथा अन्य राजस्व ८
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण २६
५ जन्म दर्ता ७
६ विवाह दर्ता १
७ बसाइँसराइ १
जम्मा : ५१
वडा नम्बर २ कांगेल
बिबाह दर्ता प्रतिलिपि – ३
भत्ता नविकरण – २९
जन्म दर्ता प्रतिलिपि-४
जन्म दर्ता नया -१
सिफरिस- ४
अंग्रजे सिफारिस-२
नाता प्रमाणित -३
जम्मा – ४६
वडा नं. ३ पन्चन
१ सिफारिस पत्र १
२ मालपोत तथा अन्य राजस्व ५
३ विवाह दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण २१
५ जन्म दर्ता ३
जम्मा : ३१
वडा नं. ४ जुबु
१ सिफारिस पत्र ३
२ मालपोत तथा अन्य राजस्व २४
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण ४१
५. जन्म दर्ता ३
६. मृत्यु दर्ता १
७. बसाइँसराइ २
जम्मा : ७५
वडा नं. ५ जुबु
१ सिफारिस पत्र १
२ मालपोत तथा अन्य राजस्व ६
३ सामाजिक सुरक्षा भत्ता नविकरण २७
४. जन्म दर्ता ५
५ विवाह दर्ता २
जम्मा : ४१
वडा नं. ६ मुक्ली
१ सिफारिस पत्र ३
२ नयाँ नागरिकता सिफारिस पत्र १
३ सामाजिक सुरक्षा दर्ता ०१
४. सामाजिक सुरक्षा भत्ता नविकरण ५२
५ जन्म दर्ता २
६ बसाइँसराइ २
७ विवाह दर्ता २
जम्मा : ६४
वडा नं. ७ देउसा
१ सिफारिस पत्र ४
२ मालपोत तथा अन्य राजस्व १८
३ विवाह दर्ता २
४. सामाजिक सुरक्षा भत्ता नविकरण १८
जम्मा : ४९
वडा नं. ८ देउसा
१. नाता प्रमाणित – १
✓२. वार्षिक आम्दानी प्रमाणित सिफारिस – २
✓३. घर बाटो भएको नभएको सिफारिस – १
४. भुमिकर मालपोत – १६
५. सामाजिक सुरक्षा भत्ता नामिकरण – २८
६. जन्मदर्ता प्रतिलिपि – ४
७. नेपाली नागरिकता प्रतिलिपि सिफारिस – २
८. विवाह प्रमाणित – १
९. सामाजिक सुरक्षा परिचय पत्र – १०
जम्मा – ६४
वडा नं. ९
१ सिफारिस पत्र १९
२ मालपोत तथा अन्य राजस्व २९
३ सामाजिक सुरक्षा दर्ता २
४. सामाजिक सुरक्षा भत्ता नविकरण २७
५ जन्म दर्ता ६
६ मृत्यु दर्ता १
७ विवाह दर्ता ४
८ बसाइँसराइ २
जम्मा : ९०
जम्मा- ५११

