कविता – शहीदलाई अपिल



✍️ नवराज बस्नेत (तारा)


हे शहीदहरु जाग
समाधिकाे ढुंगा भत्काएर उठ
तिम्राे चिहानकाे माटाे अझै ताताे छ
किनकी यहाँ कसमहरु गाडिएका छन।।

जुन दिन तिम्राे भाैतिक शरीर ढल्याे
त्याे दिन आकाश पनि राेएर भिज्याे
तिम्राे रगतले याे धर्तीले तिर्खा मेट्याे
र हामली त्यही रगतले टिका निधारमा लगायाै।।

जल्लाहरु आज फेरि हाँसीरहेका छन्
सिंहासनमा बसेर ईतिहासलाई बेचिरहेका छन्
अनि सर्वहाराहरुकाे आँखा फेरि रसाएकाे छ
किनकी पेटकाे भाेक भन्दा ठुलाे सपनाकाे भाेक।।

हे महान् शहीदहरु
हामीले समाधिमा उभिएर कसम खाएका थियाैं
क्रान्तिकाे सपना ढल्न दिने छैनाै
तिम्राे सपना मर्न दिने छैनाै
श्रमजीविकाे आँखाबाट आँशु झर्न दिने छैनाै भनेर।।

तर आज खतरा छ ठुलाे खतरा
तिम्राे बलिदान बजारकाे समान बन्याे
तिम्राे सपना फाईलमा थन्कियाे
हजाराै सपना झुण्डाएर
चाेक-चाेकमा लिलामी भै रहेकाे छ।।

हे शहीदहरु जाग
फेरि एकपटक याे पुस्तालाई हल्लाई देउ
तिम्राे आवाजलाई सुनाई देउ जसले ढुंगा पनि पगाल्थ्यौ
सम्झाई देउ न रगत सस्ताे थिएन
सपना बिक्नकाे लागि देखिएकाे थिएन।।

हामीले बिर्सिएका छैनाैं
न बिर्सने छाै
किनकी तिमी मरेर पनि मर्न सकेका छैनाै
हाम्राे हरेक नसामा बाँचिरहेका छाै।।

हे शहीदहरु जाग
किनकी लडाई अझै सकिएकाे छैन।

सोलुदुधकुण्ड-११ तिङला
                       हाल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्