सिन्धुली-२ बाट प्रतिनिधिसभा प्रत्यक्षमा वाईबासहित ३ जनाको नाम सिफारिस



सिन्धुली,२७ मंसिर । सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर–२ बाट आसन्न निर्वाचनका लागि प्रत्यक्ष तर्फ खड्ग बहादुर वाईबा सहित ३ जनाको नाम सिफारिस गरिएको छ । 

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति, सिन्धुली क्षेत्र नम्बर–२ ले आगामी फागुन २१ को निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्ष तर्फ  खड्ग बहादुर वाईबासहित  डम्बर बहादुर कार्की र सुशिला थिङको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभा सदस्य (समानुपातिक तर्फ) दिपशिखा शर्मा ढकाल, बाबुराम भट्टराईको नाम सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्यतर्फ नरेन्द्रजंग थापा, विजुला वर्मा राणा र अनेक तोलङेको नाम सिफारिस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्