कोरोना भाइरस उपचारका लागि मुक्लिमा ५ बेडको आकस्मिक अस्पताल निर्माण गरिने

सोलुखुम्बु , १ असोज । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको प्रबक्तामा भुपालसिं राई चयन भएका छन। सोहि गाउँपालिका वडा नं ९ का वडाध्यक्ष रहेका राइलाइ बिहिवार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रबक्तामा चयन गरेको हो।बैठक गाउँपालिका अध्यक्ष अशिम राइको अध्यक्षतामा बसेको हो

बैठकले संघीय मामिला तथा प्रशासन मन्त्रालय र पालिकाको संयुक्त आर्थिक ब्यबस्थापनमा गाउँपालिकाको केन्द्र मुक्लीमा ५ बेड क्षमताको (कोभिड- १९) को उपचारका लागि आकस्मिक अस्पताल निर्माण गर्ने निर्णय गरेको बताइएको छ। बैठकले अध्यक्ष राईको अध्यक्षतामा ७ सदस्यीय कृषि ब्यबसाय प्रवर्द्धन समिति गठन गर्नुका साथै माटो र प्रकृति सुहाउँदो खेतीका लागि जुबु ४ नं वडालाई गहुँ र२ न वडा कांगेललाई बाख्रा र देउसा ८ नं वडालाई तोरी पकेट क्षेत्र घोषणा गरेको प्रबक्ता राइले जानकारी दिए।

