सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने कांग्रेस इतर समूहको निर्णय
काठमाडौँ,३१ साउन । नेपाली कांग्रेसको ३ दिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने विशेष प्रस्ताव पारित गरेको छ।

सुकेधारामा आइतबार सम्पन्न भेलाले मुलुकको मौलिक धार्मिक र सांस्कृतिक जगलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।
भेलाले पारित गरेको प्रस्तावमा लेखिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म र संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहनेछ।’
कांग्रेसले आफ्नो प्रस्तावमा परापूर्वकालदेखि नेपालमा रहिआएका विशिष्ट धर्महरूको संरक्षण गर्ने दायित्वलाई समेत उल्लेख गरेको छ।
‘सनातनदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गर्दै यी मौलिक पहिचानलाई जोगाउन पार्टीले विशेष भूमिका खेल्नेछ,’ पारित प्रस्तावमा उल्लेख छ।
पार्टीले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा स्वीकार गरे पनि व्यक्तिगत धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावलाई उत्तिकै महत्त्व दिएको छ। नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको तथ्यलाई आत्मसात् गर्दै सबै धर्म र समुदायबिचको आपसी एकता र सहिष्णुतालाई कांग्रेसले आफ्नो नीतिगत आधार बनाएको छ।
गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय
न्युज अफ नेपाल
३१ श्रावण २०८३, आईतवार १५:३६
0
Shares
काठमाडाैं ।
नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औं महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
साउन २९–३१ गते सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको हो । भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गर्ने र त्यसको नेतृत्व सभापति देउवाले नै गर्ने निर्णय गरेको छ । देउवाको नेतृत्वमा पार्टीलाई एकतावद्ध बनाई महाधिवेशन सफल पार्ने दृढता व्यक्त गर्दै महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने तय गरिएको छ ।
राजनीतिक प्रस्तावअन्तर्गत, भेलाले वि.सं. २०३३ सालमा महामानव वीपी कोईरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा पनि सान्दर्भिक ठहर गरेको छ । मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति काँग्रेसले लिएको नेता दीपक कुइँकेलले बताए।
भेलामा प्राप्त विभिन्न सुझाव र प्रस्तावहरूलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउनको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ । उक्त समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य रहेका छन् भने मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेलले सहयोगीका रूपमा कार्य गर्नेछन् ।

