महामारीका बेला हेलचेक्र्याँइ नगर्न सांसद राजभण्डारीको आग्रह

सोलुखुम्बु , २९ भाद्र । नेकपाका प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ।

लायन्स क्लब अफ नेपाल, सेल्फ डिफेन्स र नेपाल कम्युनिष्ट पार्टी सोलुखुम्बुका सचिवालय सदस्य सोभित बस्नेतको सहयोगमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने स्यानिटाइजर, मास्क र फेस सिल्ड सांसद राजभण्डारीले जिल्लास्थित जनपथ र शसस्त्र प्रहरीलाई हस्तान्तरण गरेका हुन।

जनपथ र शसस्त्रलाई संयुक्त रुपमा १५ लिटर स्यानिटाइजर, ७ सय माक्स र १५ वटा फेस सिल्ड प्रदान गरिएको लायन्स क्लबका द्धितिय उपाध्यक्ष नुतन श्रेष्ठले जानकारी दिनुभयो । महामारीको यो अवस्थामा फ्रन्ट लाईनमा खटिने प्रहरी जोखिमबाट बच्नु नै अहिले उत्तम उपाय भएको भन्दै सचेतक राजभण्डारीले महामारीको समयमा कसैले पनि हेलचेक्रयाई गर्न नहुँने बताउनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वयका प्रमुख वीर कुमार राई, सोलुदुधुकुण्ड नगरपालिकाका उप मेयर कल्पना राई, नेकपा सोलुदुधुकण्ड नगरपालिकाका अध्यक्ष रामकाजी श्रेष्ठ, नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डि.वी रानापाल लगायतको उपस्थिति रहेको थियो।

