वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्ता नियुक्त



काठमाडौँ,२९ भदौ । सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । सबिता शम्भु थापा बार अध्यक्ष भएका बेला कोषाध्यक्ष थिइन् । उनी वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी हुन् ।

यसअघि आजै रमेश बडालले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । नियुक्त भएसंगै भण्डारीले नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्ने शौभाग्य प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्