पचास वर्ष पछि सम्पन्न भयो मुनासः ख्यालः कासा



काठमाडौं,२२ असोज । नेवा: कला, संस्कृति तथा हास्य–व्यङ्ग्य क्षेत्रमा लामो इतिहास बोकेको संस्था ‘मुनासः’ले करिब ५० वर्षपछि पुनः ‘ख्यालः कासा’ अर्थात् हास्य–व्यङ्ग्य प्रतियोगिता आयोजना गरेको छ।

कुनै समय ‘हास्य सम्राट’ ख्यालिजुजु मदनकृष्ण श्रेष्ठसमेत रहिसकेको मुनासःले लामो अन्तरालपछि आयोजना गरेको यस प्रतियोगिताले नेवा: भाषाको हास्य–व्यङ्ग्य तथा सांस्कृतिक प्रस्तुतिलाई पुनः मञ्चमा ल्याएको छ ।
प्रतियोगितामा न्हाप (प्रथम), ल्यू (द्वितीय), लियांल्यू (तृतीय) र ह:पा: (सान्त्वना) गरी उत्कृष्ट प्रस्तुतिहरूलाई पुरस्कृत गरिएको छ।
नेपाल भाषा तथा नेवा: कला–संस्कृतिसँग सम्बन्धित ‘मुनासः ख्यालः कासा’ अन्तर्गत  यस वर्ष ‘बांलाम्ह ख्यालिम्व:’ (Best Actor) को उपाधि उमेश स्थापितले प्राप्त गरेका छन्।

प्रतियोगितामा ‘कय्ता तंम्ह नेवा:’ ले न्हाप अर्थात् प्रथम स्थान हासिल गरेको छ। यसको प्रस्तुति नेपाल भाषा सिनेमा विकास केन्द्र हाे भने यसका लेखक गणेशराम लाछी तथा निर्देशक आर्यम नक:मि पनि उत्कृष्ट निर्देशक र उत्कृष्ट लेखक ठहरिएका छन् । त्यसैगरी ‘थ्व छु जूगु?’ ले ल्यू अर्थात् दोस्रो स्थान प्राप्त गरेको छ। उक्त ख्याल:को प्रस्तुति ख्वप सांस्कृतिक खल: रहेको छ।
‘इमर्जेन्सी श्राद्ध’ ले लियांल्यू अर्थात् तेस्रो स्थान हासिल गरेको छ। यसको प्रस्तुति थेच्व सांस्कृतिक मंका खल: रहेको छ।
त्यस्तै ‘छन्त नं थथे याए य:ला’ ले ह:पा: अर्थात् सान्त्वना स्थान प्राप्त गरेको छ। यसको निर्देशक सारा वज्र तथा प्रस्तुति प्रथमाञ्जली नास: खल: रहेको छ।

याे प्रतियोगितामा उत्कृष्ट अभिनेत्रीकाे पुरस्कार ईमर्जेन्सी श्राद्ध का शान्ता महर्जन , उत्कृष्ट सृंगारकर्ता छन्त नं थथे याए य:ला’का मीरा डंगोल र उत्कृष्ट मञ्च श्रृङ्गार काे पुरस्कार ह्विलच्यरं कुतुंवःम्ह नेवाः बाट कविन महर्जन पुरस्कृत भएका छन् । याे प्रतियोगितामा रमेशकाजी स्थापित निर्णायक संयाेजक रहेका थिए भने सदस्यहरुमा वरिष्ठ संगीतज्ञ अमरराज शर्मा राजाेपाध्याय , वरिष्ठ अभिनेताहरु राजेन्द्र मान शाक्य र गणेश सायमी , साहित्यकार शम्भु राम श्रेष्ठ रहेका थिए ।

कार्यक्रमकाे समापनमा काठमाडौ महानगरपालिकाका का वा मेयर सुनिता डंगोल लगायत ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ , मुनासःका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ काे पनि विशेष उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्