नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
काठमाडौं,२७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।कार्कीसँगै केही मन्त्रीको शपथ ग्रहणको तयारी गरिएको बताइए पनि आज भने हुन सकेन ।
अहिले भएको समारोहमा प्रधानमन्त्री कार्कीको मात्रै शपथ भएको हो । यसअघि तीनजना मन्त्रीलाई पनि शपथ गराउने तयारी थियो ।

