प्रधानमन्त्री कार्की कि कुलमान ? जेनजीमा विवाद बढ्दै
काठमाडौं,२६ भदौ । भ्रष्टाचार र बेथितिबिरुद्ध भन्दै एक भएर सडकमा निस्किएको जेनजी समूह पछिल्लो समूह बिभाजित बनेको छ ।हालको राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषद् गठनको बिषयलाई लिएर जेनजीमा विवाद सुरु बढ्दै गएको हो।

नेपाली सेनाको मध्यस्थतामा सरकार गठनको प्रक्रिया अघि बढी रहंदा जेनजी पूर्वप्रधानन्यायाधीश सुशिला कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा बिभाजित बनेका हुन्। जेनजीको एउटा समूहले सुशीला कार्कीको नाममा भावी प्रधानमन्त्रीको रूपमा अघि सारिरहेको छ ।
तर अर्को समूहले भने एक बिज्ञपति जारी गर्दै हिजोको भर्चुअल छलफलमा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको उल्लेख गरेको छ।सो समूहले सरकारको नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको छ र जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ ।’
जेन–जी नेपालका अनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका कारण विकल्प खोजिएको हो । त्यस्तै, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको विज्ञप्तिमा उल्लेख छ ।
यसपछि नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय गरिएको जेनजी नेपालले जनाएको छ ।file foto

