हालसम्म १९ जनाको मृत्यु भएको ‘जेन जी’आन्दोलनका क्रममा ५४ जना पक्राउ



काठमाडौँ,२३ भदौ । काठमाडौंमा १७ र इटहरीमा २ सहित १९ जनाको मृत्यु,देशभर पाँच सय बढी हुने गरि सोमबार भएको ‘जेन जी’आन्दोलनका क्रममा प्रहरीले ५४ जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएर राजधानी काठमाडौं लगायत देशका मुख्य शहरमा सोमबार प्रदर्शन गरिएको थियो ।

प्रदर्शनका क्रममा काठमाडौँको बानेश्वर क्षेत्रमा मात्रै ४ सय ५३ जना घाइते भएका थिए । अहिलेसम्म १७ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । ट्रमा सेन्टरमा ८ जना, टिचिङमा १ जना,सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना र एभरेष्ट हस्पिटलमा ३ जनाको मृत्यु भएको खनालले जानकारी दिए । देशका विभिन्न अस्पतालमा यतिबेला ३ सय ४७ घाइतेको उपचार भइ रहेको छ ।

प्रदर्शनको सुरक्षामा खटिएका १७८ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीतर्फ ९ जना घाइते भएका छन् ।प्रदर्शनको फोटो खिच्ने क्रममा दुई जना पत्रकार घाइते भएका छन् । प्रदर्शनकारी तर्फ २७२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्