खोलाले बगाएर चार जनाको मृत्युु



काठमाडौं,५ भदौ। खोलाले बगाएर बिभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार अछाम जिल्लाको मेल्लेख गाउँपालिका-४ सेलगाउँ बस्ने खडक साउदकी छोरी ७ वर्षीया कृर्ता साउदको साँफेबगर नगरपालिका-१३ स्थित ईगडी खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ।

खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घुघुरकोट समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

उता,चितवनको कालिका नगरपालिका-५ भिमौली पार्क बस्ने ७२ वर्षीय डकुवा महतोको सोही नगरपालिका-५ स्थित खगेरी खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ। खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुर समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

यसैगरी,मोरङको लेटाङ नगरपालिका-६ लामिटार बगुवास्थित चिसाङ खोलाले बगाएर सोही नगरपालिका-१ अमलबोटे बस्ने ७५ वर्षीय बुद्धबरि तामाङ र सोही नगरपालिका-२ बस्ने ५० बर्षीय व्याङवा भन्ने टङ्कि पसिडिको बुधबार साँझ मृत्यु भएको छ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्