थुलुङ दुधकोशीका सन्तोष राई बेपत्ता, खोजीका लागि सहयोग गरिदिन परिवारको आग्रह
सोलुखुम्बु,२२ असोज ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८, दिप्नी निवासी सन्तोष राई सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको छ।

खुम्बु क्षेत्रमा खच्चर खेप्ने काम गर्दै आएका रामकुमार राईका छोरा सन्तोष भदौ १७ गते खुम्बुबाट परिवारको सम्पर्कमा आएका थिए । घर फर्कने क्रममा फोन सम्पर्कमा आएका उनी भदौ १८ गतेदेखि सम्पर्कविहीन भएको आफन्त अर्जुन राईले जानकारी दिए ।
उनी सम्पर्कविहीन भएपछि परिवारले उनको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ। सन्तोषलाई कतै देखे वा उनको अवस्थाबारे कुनै जानकारी भएको खण्डमा मोबाईल नम्बर ९७६६७१२०५,९७४६९९९१९३,९७६७३३८८४५,
९८६०८६८६९८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।




