नवदुर्गा पार्टी भेन्युमा कांग्रेस सोलुखुम्बुले अन्तरक्रिया कार्यक्रम गर्दै
केदार बस्नेत,काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बुले विशेष कार्यक्रम गर्ने भएको छ।भोलि ३१ गते शनिबार काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी भेन्युमा”नेपाली कांग्रेस भित्रको अपरिहार्यता,सहमति,सहकार्य र एकता आजको आवश्यकता” विषयक अन्तरक्रिया एवं विशेष भेटघाट कार्यक्रम हुने भएको हो।

सोलुखुम्बुबाट संघीय राजधानी काठमाडौंमा आई अस्थायी तथा स्थायी रूपमा बसोबास गर्ने विभिन्न पेशा र व्यवसायमा सक्रिय रहेका तथा नेपाली कांग्रेस पार्टीमा आवद्ध नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूको उपस्थिति हुने बताइएको छ । कार्यक्रममा उपस्थिति भएकाहरबीच एकआपसमा अन्तरक्रियापनि हुने जिल्ला सचिव युवराज घिमिरेले जानकारी दिए।यस्तै विगतदेखि वर्तमानसम्म कांग्रेस पार्टीलाई अतुलनीय योगदान पुर्याएका महत्त्वपूर्ण पात्रहरूलाई सम्मान समेत गरिने सचिव घिमिरेले बताए।
नेका जिल्ला कार्यसमिति सोलुखुम्बुले आयोजना गरेको अन्तरक्रिया तथा विशेष भेटघाट कार्यक्रममा केन्द्रीय स्तरका नेताहरु,महाधिवेशन प्रतिनिधिहरु पुर्व महासमिति सदस्यहरु पुर्व जिल्ला सभापतिहरु पालिका तथा वडा सभापतिहरु एवं प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

