जनआकाश साप्ताहिकको १८औं वार्षिकोत्सवमा श्रष्टा सम्मान तथा स्वदेशगान लोकार्पण
काठमाडौ,३० साउन । प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा रानाले पत्रकारहरु स्वतन्त्र हुनुपर्ने कुनै पार्टी वाद, तन्त्रवाटमाथि उठेर कलम चलाउन अनुरोध गर्नुभएको छ ।

हिजो विहीबार जनआकाश मिडियाले आयोजना गरेको जनआकाश साप्ताहिकको १८औं वार्षिकोत्सवको अवसरमा स्रष्टालाई सम्मान त्यसै जन आकाशका अध्यक्ष मोहन कार्कीद्धारा लेखिएको मलाई सुन्दर नेपाल बनाउने रहर छ बोलको स्वदेश गान लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएकी रानाले उक्त कुरा बताउनु भएको हो ।
उपसभामुख रानाले अर्को प्रशंङगमा सामाजिक रुपान्तरण गफमा होइन व्यवहारमा उतार्नुपर्ने पनि उल्लेख गर्नुभयो । हाम्रो देश अन्य देशको तुलनामा अन्य देशहरु अर्थतन्त्रमा बलियो भयो भन्ने दृष्टान्त नेपालमा इमान्दारिताका साथ कर तिर्नेहरुको इमानदारिता नदेखिएको बताउनु भयो । यस्ता महत्वपूर्ण विषयहरु सञ्चारमाध्यमहरुले उठान गरेर समाजलाई सु–सुचित गर्न सक्छन् ।
त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले जनआकाश मिडियाको कार्यक्रममा निरन्तर रुपमा आउने गरेको छ । पत्रकारिता क्षेत्रका कतिपय सञ्चार माध्यमहरु मर्नू र बाच्नुको दोसाझमा छन् । तर जनआकाश पत्रिकाले पत्रिका, अनलाईन युटुव चलाउन सफल छ । त्यसको लागि मोहन कार्कीको संघर्षले यो सम्भव भएको हो भन्दै शुभकामना दिनुभयो ।
त्यसैगरी विशेष अतिथिको रुपमा आउनु भएको नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाकी अध्यक्ष शोभा अ¥यालले जनआकाश मिडिया टिमले गरेको प्रगतिको प्रशंसा गर्दै आउदा दिनमा अझै धेरै प्रगति गर्न व्यक्तिगत र नेपाल पत्रकार महासंघको तर्फवाट शुभकामना दिनुभयो । १८ वर्ष आफैमा ठुलो समय हो । अध्यक्ष अ¥यालले अर्को एक प्रशंगमा पत्रकारहरुलाई हेर्ने दृष्टिकोण सरकारको जहिले प्रतिपक्षको जस्तो भुमिका रहदो रहेछ । अहिले आउन लागेको मिडिया काउन्सिल विद्येयकको अस्पष्टता अहिले अनलाइन मिडियाहरुलाई सिडियो कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान थपेर सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने काम गरेकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको घोर आपत्ति छ भन्दै सरकारको समेत विरोध गर्नूभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दामोदर ढकाल (दिपक)ले गर्नु भएको थियो । वरिष्ठ पत्रकार डा. केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्यक्तित्वहरुलाई सम्मान तथा मलाई सुन्दर नेपाल बनाउने रहर छ स्वदेश गानको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई कदर पत्रले सम्मानित गरिएको थियो भने उपस्थित सवैलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

