‘कुलिङ पिरियड’ बारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन
काठमाडौं,३० साउन । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को कुलिङ पिरियड सम्बन्धि प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले शुक्रबार सो प्रतिवेदन कार्यान्वयनको लागि सरकारी निकायमा पठाउन प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।
सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।
प्रत्यक्ष नाम किटान नगरिए पनि प्रतिबेदनले राज्य ब्यबस्था तथा सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडा,मुख्य सचिब एक नारायण अर्याल,संसदीय सचिवालयका महासचिव पदम प्रसाद पाण्डेय र समितिकै सचिब सुरज कुमार दुरा लगायतलाई दोषी देखाएको थियो । ती मध्ये खतिवडाले समिति सभापतिबाट राजीनामा दिई सकेका छन् ।

