विश्व शेर्पा संघले विभिन्न महत्त्वपूर्ण बिषयहरुलाई दस्ताबेजीकरण तथा प्रकाशन गर्ने




दावा जाङ्बु शेर्पा,काठमाडौ,२६ साउन । विश्व शेर्पा संघले संघले गरेका महत्वपूर्ण निर्णय, बिभिन्न समितिले तयार पारेका प्रतिबेदन तथा शेर्पाहरुको
भाषा,संस्कृति लगायत महत्वपूर्ण बिबिध बिषयहरुलाई दस्ताबेजीकरण् तथा प्रकाशन गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष थेन्डुप शेर्पाको अध्यक्षतामा निबर्तमान तथा संस्थापक अध्यक्ष आङ दोर्जी लामाको उपस्थितिमा सोमबार बसेको बैठकले उक्त निर्णय गर्दै त्यसका लागि महासचिब आङ जाङ्बु शेर्पाको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको जनाईएको छ ।

बैठकले संघको पदाधिकारी तथा सदस्यहरुलाई वार्षिक ७००० (सात हजार) नेपाली रुपैयाँ प्रति बर्ष न्युनतम लेभी शुल्क तोक्नुका साथै
विश्व शेर्पा संघको स्थापना भएको दिन अक्टोबर ८ लाई विश्व शेर्पा दिवसका रूपमा मनाउन विभिन्न देशमा रहेका शाखा र किदुगहरुलाई आग्रह निर्णय गरेको महासचिव शेर्पाले बताए। उनका अनुसार सोही दिन भारतको आसाम अथवा अरुणाचलमा ठुलो कार्यक्रम आयोजना गर्ने र विश्व भरिका शेर्पा संघ सस्थालाई समेटेर अनलाईन शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

नेपाल शेर्पा संघको हालै सम्पन्न महाधिबेशनबाट अध्यक्ष निर्बाचित ल्हाक्पा ठिलेन शेर्पा र उनको कार्य समिति तथा शेर्पा संघ दोहा कतारको महाधिबेशनबाट नवनिर्वाचित अध्यक्ष रविन शेर्पा र उनको कार्य समितिलाई बधाई तथा शुभकामना दिने प्रस्ताब पनि बैठकले पारित गरेको शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस्